जसले छर्लङ्गै यस्तो देखे 'स्वर्ग' र 'नरक'

'स्वर्ग' अति सुन्दर छ भने 'नरक' भयानक डरलाग्दो छ

turahi-news

१५ जेठ । यद्यपी म एक इसाई भएपनि कहिलेकाही मेरो मनमा लाग्थ्यो । के साँच्चै स्वर्ग र नरक छ होला त ? कहिलेकाही यस्तैयस्तै प्रश्नहरु मेरो मनमा खेल्ने गर्थे । तर मैले यसको ठोस उत्तर मैले संभवतः कसैबाट पाउन सकि रहेको थिएन । तर आज म तपाईलाई भन्न सक्छु कि स्वर्ग कति सुन्दर छ र नरक कती डरलाग्दो रहीछ भन्ने । 
कुरा गत शनिबार जेठ तेह् गतेको हो । ललितपुरस्थित गेत्समनी प्रेयर हाउसमा साँझको प्रार्थनामा रहँदा मैले आफ्नै आखाँले स्वर्ग र नरक देखे । जब त्यहाँ हामी सवैजना सामूहिक आराधनामा थियौ तब मैले स्वर्ग र नरक देखे । जुन कुरा म यहाँ विस्तारमा यसरी भन्न गइ रहेको छु । 
साधारणतया मानव जीवनमा एउटा प्रश्न उब्जेको हुन्छ । त्यो हो, के साँच्चै स्वर्ग छ त ? सवै इसाईहरुको उत्तर एउटै हुन्छ । स्वर्ग जरुर पनि छ भन्ने । त्यसोभए के तपाईले आजसम्म त्यो स्वर्ग देख्नु भएको छ त ? त्यसपछि यस्तो प्रश्न आउनु स्वाभिविकप्रायः हो । तर उत्तरमा कसैले पनि स्वर्ग छैन् भनेर कुनै पनि इसाईले भन्ने आँट गर्न सक्दैनन् । ठोस उत्तर नपाईकन यस्तैयस्तै प्रश्नहरुको माझमा विश्वासको धरातलमा म उभीरहेको थिए । येशूको आस्थामा आइकन हो स्वर्ग र नरक छ भन्ने विश्वास गरेको थिए तर स्वर्ग र नरकको झलक पाउँन सकेको थिएन । सायद मेरो यस्तो सोचाइको कारणले पनि हुन सक्छ परमेश्वरले मलाई स्वर्ग साँच्चै छ भन्ने प्रष्ट पारिदिनु भएको ।
किनकि मेरो आत्मीक जीवनबाट त्यस्तो महिमित काम हुन सकेको थिएन । तर आज आएर स्वर्ग र नरक सम्वन्धी मेरो सोच नै गलत रहेछ भन्ने मेरो स्वर्ग र नरकको दर्शनले स्वर्ग छ र नरक पनि छ भन्ने छर्लङ्गै बनाइदियोे । स्वर्ग र नरक सम्वन्धी मेरो शंका आज सत्यतामा परिणत  भएको छ ।
कुरा गत शनिबार जेठ तेह् गते साँझ सात बजेतिरको हो । साथीहरुसँग ललितपुरस्थित गेत्समनी हाउस अफ प्रेयर काठमाडौंमा सामूहिकरुपमा आराधना शुरु हुँदै थियो । एकछिनको आराधनापछि मलाई साह्ै थकान महशुस भयो । त्यही अवसरमा किबोर्ड बजाउँदै केलेमेट चेन भन्ने अमेरिकन मिशनेरीले आफ्नो अन्य देशको गवाही सुनाउँदै थिए । उनले आफ्नो विदेशको सेवकाइ यात्रामा परमेश्वरले गर्नु भएका आश्चर्यक्रमका वारेमा भनिरहेका थिए । आज त्यही परमेश्वर आज हामी प्रत्येकको जीवनमा गर्न सक्षम हुनुहुन्छ भनेर आज हामी सवै मिलेर उहाँको महिमा गर्नेछौ भन्नुभयो । अनी हामी सवै विस्तारै आराधनाभित्र मग्न हुन थाल्यौ । केही समयपछि मेरो गाउँको पावल दाई म भएको ठाउँमा आउनुभयो मेरो शिर माथि हात राख्नुभयो उहाँले मेरो शिरमाथि हात राखेको केही समयपछि म त्यही ढले ...अनी दर्शन देख्न शुरु भयो । 
स्वर्ग यस्तो थियोः
शुरुमा मैले एउटा रथ थियो जुनचाहिँ निकै चहकिलो अनी सुनको जस्तो रङ भएको  त्यो ढोकामा पुग्यो अनि त्यो ढोका खुलेको मैले देखे । त्यो एकदम चहकिलो बादल जस्तोले त्यो ढोका ढाकी रहेको थियो । मानौ त्यो ढोका शिशामाथिबाट हिडिरहेको जस्तो  थियो । अनी त्यो ढोका एकदम फैलिएको थियो की मेरो नजरले त्यस्को अन्तिम विन्दु नै भेट्न सकेन । त्यसपछि मैले एउटा सिंहासनको बाटो जस्तो एकदम चहकिलो सेतो रङ भन्दा पनि सेतो अनी त्यो सिंहासन जस्तो थियो जसको वरिपरि चारैतिर हिराको जस्तो चमक थियो । जुन चमक अहिलेसम्म पनि मेरो आँखा वरिपरि चम्किरहेको महशुस गरिरहेको छु । त्यसपछि त्यो क्रुस जाचाहिँ एकदम महिमित थियो ।
नरक यस्तो थियोः
नरक एकदम डरलाग्दो र एकदम भयानक थियो । अहिले सम्झिदा पनि शरिर सिरिंग हुन्छ । त्यो नरक राजधानीको ढल भन्दा पनि सयौं गुणा फोहोर थियो । जुन नरकमा अनेक प्रकारका किराहरु भल्भल्ती स्याउँस्याउँ गरिरहेका थिए । ती किराहरुको वीचमा मानिसहरुको हातका औंलाहरु मथिमाथि आउन कोशिष् गरिरहेका थिए । अनी त्यो भन्दा तलचाहिँ निकै भयानक डरलाग्दो फोहोरको डंगुर नै थियो । जुनचाहिँ रातोरातो आगो मात्रै थियो जसकोचाहिँ मैले एक झलक मात्र देख्ने अवसर पाएँ । किनकि म त्यो ठाउँमा जान मलाई निकै डर लाग्यो । अनी मैले परमेश्वर योचाहिँ के हो भनेर परमेश्वरलाई सोधे, अनी मैले त्यसैवेला तुरुन्तै ज्वालामुखी फुटेको ठाउँमा पुगे जहाँचाहिँ मानिसका हातहरु पनि त्यो ज्वालामुखीको लाभासँग विलय भएर जादैथिए ।
यसरी मेरो स्वर्ग र नरकको दर्शन सकियो । प्रभु महान हुनुहुन्छ, उहाँचाहिँ  हामी जुन अवस्थामा छौ त्यही अवस्थामा हामीलाई ग्रहण गर्न चाहानुहुन्छ । धन्यवाद । भुपेन्द्र बोहरा । फेसवुकबाट साभार गरिएको ।  
भुपेन्द्र बोहराको फेसबुक https://www.facebook.com/bhubohara