यरुशलेममा दर्शन नेपाली मण्डलीले दोस्रो वार्षिकोत्सव मनायो

यरुशलेममा दर्शन नेपाली मण्डलीको दोस्रो वार्षिकोत्सव सम्पन्न

turahi-news

तुरही न्यूज । कार्तिक ०७४ । काठमाडौं । यरुशलेमस्थित दर्शन नेपाली मण्डलीको दोस्रो वार्षिकोत्सव आशिष्मय प्रकारले सम्पन्न भएको छ । यही सेप्टेम्बर दश तारिख यरुशलेमस्थित दर्शन नेपाली मण्डलीको सभा हलमा मण्डलीको दोस्रो वार्षिकोत्सव भव्यता साथ सम्पन्न भएको सोही मण्डलीकी पास्टर मिल्का दाहालले तुरही न्यूजलाई जानकारी गराउनु भएको छ ।
वार्षिकोत्सवमा संयुक्त नेपाली मण्डली तेलअभिवकी एल्डर मिना थेवे प्रमुख वक्ता हुनुहुन्थ्यो । उहाँले कार्यक्रममा आशिष्पूर्ण वचन प्रचार गर्नुभयो । त्यसैगरि उक्त वार्षिकोत्सवमा दर्शन नेपाली मण्डलीकी पास्टर मिल्का दाहालले दोस्रो वार्षिकोत्सवको केक काट्नु भएको भयो । पास्टर दाहालले नै वार्षिकोत्सवमा पाल्नुभएका पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । दर्शन नेपाली मण्डलीका अनुसार कार्यक्रममा करिव ३० जना दाजुभाइदिदीवहिनीहरुको सहभागीता रहेको थियो । 
दर्शन नेपाली मण्डलीको दोस्रो वार्षिकोत्स्व केक काट्दै मण्डलीकी पास्टर मिल्का दाहाल । 
कार्यक्रमको संचालन शान्ता न्यौपानेले गर्नुभएको थियो भने आराधनामा मर्सिले आशिष्मय प्रकारले अगुवाइ गर्नुभयो भने सुकमान तामाङले दोस्रो वार्षिकोत्सवको शुभकामना दिनुभयो । त्यस अवसरमा उहाँले आगामी दिनमा मण्डली बृद्धि भएर जान कामना गर्नुभयो । कार्यक्रममा मण्डलीको आय व्यय शान्ति राईले प्रस्तुत गर्नुभयो । स्मरण रहोस् दर्शन नेपाली मण्डली नेपालीहरुको संचालन गरेको एस्राएलको दोस्रो नेपालीभाषी मण्डली हो । इस्राएलको पहिलो मण्डली संयुक्त नेपाली मण्डली हो जुन तेलअभिवमा छ । यरुशलेमस्थित दर्शन मण्डलीको दोस्रो वार्षिकोत्सवको भिडियो हेर्नुहोस् ।
वार्षिकोत्स्वमा वचनको सेवा गर्नुहुँदै एल्डर मिना थेबे । 

मण्डलीको आय -व्यय प्रस्तुत गर्नुहुँदै शान्ति राई ।