Flash News

यर्दन नदिमा आठ नेपालीले पानीको बप्तिस्मा लिए

turahi-news

तुरही न्यूज । ६ कार्तिक । काठमाडौं । इस्राएल तेलअभिवस्थित संयुक्त नेपाली मण्डलीबा आठ जना नेपाली सदस्यहरुले यसै साता पानीको बप्तिस्मा लिएका छन् । उनीहरुलाई तेलअभिवस्थित संयुक्त नेपाली मण्डलीकी पास्टर माया सुनुवारले पिता,पुत्र र पवित्र त्रिएक परमेश्वरको नाउँमा पानीको बप्तिस्मा दिनु भएको हो ।
 
पास्टर माया सुनुवारका अनुसार यही सेप्टेम्बर एक्काइस तारिख मण्डलीका अन्य एल्डर तथा अगुवाहरुको सहभागीतामा आज जनालाई संयुक्तरुपमा पानीको बप्तिस्मा दिनुभएको हो । पछिल्लो समय इस्राएलको यस नेपाली मण्डलीमा विशाल जागृती आएको मानिन्छ । तेलअभिवस्थित संयुक्त नेपाली मण्डली इस्राएलको पहिलो नेपालीभाषी मण्डली हो । यस मण्डलीमा सयौं सदस्यहरु छन् ।