Flash News

इम्मानूएल भूटानीज् चर्चद्धारा यूवा सम्मेलन हुँदै

turahi-news

 
०७ कार्तिक । अमेरिकाको सिटल वासिङटनस्थित इम्मानूएल भूटानीज् चर्चद्धारा एक दिने यूवा सम्मेलन संचालन हुने भएको छ । अमेरिकास्थित इन्टरनेशनल वरिगन चर्चका पास्टर राजु सुवेदीका अनुसार उक्त यूवा सम्मेलन यही अक्टोवर २८ तारिख इम्मानूएल भूटानीज् चर्च केन्टमा आयोजना हुने छ । सम्मेलनमा अमेरिकाको नर्थ वेस्ट भूटानी नेपाली चर्चका सयौं यूवायूवतीहरु सहभागी हुने आशा गरिएको छ ।
 
सम्मेलनमा विवाह, यौन र प्रेमजस्ता विषयका विभिन्न वक्ताहरुले सिकाउनु हुने कार्यक्रम तय भएको छ । उक्त यूवा सम्मेलनका मुख्य वक्ताहरुमा इम्मानुएल भूटानीज चर्चका पास्टर हेम प्रधान, इन्टरनेशनल वरिगन चर्चका पास्टर राजु सुवेदी र इडहवाबाट पास्टर बेन्जामिन रामा हुनुुहुन्छ । यूवा सम्मेलनको थिम यूवाहरु हाम्रो समुदायलाई फरक वनाउन सक्छन् भन्ने रहेको छ ।