Flash News

देशको फौजदारी ऐन मान्ने की र बाइबलको ऐन मान्ने ?

turahi-news

उहीले नै पञ्चायत शासकले त रोक्न खोज्यो
हिजो अस्ती नै राजतन्त्रले त छेक्न खोज्यो
उहीलेका रोमी शासकले त रोक्न खोज्यो
उहीलेका यहूदी जातीले त छेक्न खोज्यो 
उनीहरुले न सके छेक्न न सके रोक्न 
उनको महानतालाई ।।
 
के ऐन बनाउँछौ तिमी ?
शर्वशक्तिमानको आज्ञालाई 
न फौजदारी ऐनले रोक्न सक्छ न त संविधानले
कस्तो कानुन निर्माण गर्छौ तिमी
सृष्टिकर्ताको उहीलको कानुनलाई 
न सडकले रोक्न सक्छ न त सदनले 
संविधानमा जती कठोर धारा र उपधाराको व्यवस्था गर्छौ तिमी
सर्वज्ञानी परमेश्वरको महानतालाई
न राष्ट्रहरुले रोक्न सक्छ न त सदनको वहुमतले
सर्वव्यापी परमेश्वरको सामथ्र्यलाई
न संविधानले रोक्न सक्छ न त फौजदारी ऐनले ।।
 
 
कहिले,
तिमी फौजदारी ऐनमा उनको महानतालाई सीमित राख्न खोज्छौ 
कहिले,
तिमी संविधानको प्रस्तावनामा धर्म निरपेक्षताको परिधिले छेक बार लगाउन खोज्छौ 
सनातन धर्मको भ्रम फैलाउँदै 
उनको सव्रत्र निन्दा गछौ
उज्यालोलाई अध्यारो र अध्यारोलाई उज्यालो भन्छौ
पापलाई धर्म र धर्मलाई पापले परिभाषा गर्छौ
 
धारा २६ मा,
सव्रत्र धार्मिक स्वतन्त्रताको विकुल फुक्छौ
त्यसैको १ मा स्वतन्त्रताको टेलर देखाउँछौ
त्यसैको २ मा स्वतन्त्रतामाथि वहस गर्छौ
त्यसैको ३ मा त्यही स्वतन्त्रतामाथि पूर्णरुपमा अंकुश लगाउँछौ 
कस्तो कानुन हो तिम्रो ?
तिमीले आफू अनुकुल,
मन लागे जे पनि परिवर्तन गर्न हुने
सत्तामा पुग्नलाई,
गठवन्धनदेखि तालमेल गर्ने नीति नियम बनाउँन हुने
 
पानीमा बसेर माछासँग बैमनस्यता गर्दैछौ तिमी अचेल
संसार सृष्टि गर्ने ईश्वरको महानतालाई फौजदारी ऐनमा सिमीत राख्दै छौ ।।
 
अलिकता पनि लाज लाग्दैन तिमीलाई ?
तिमीलाई उनैले बनाए 
तिमीलाई उनैले आफ्नो स्वरुपमा ढाले
तिम्रो विवेकलाई उनैले रचना गरे 
अनि तिमी,
उनलाई फौजदारी ऐन निर्माण गरेर निन्दा गर्छौ 
उनको सार्वभौमिकतालाई 
तिमी किन सीमामा बाँध्न खोज्छौ ?
विभिन्न नीति, नियम, ऐन, कानुन र संविधान बनाएर
तिमी किन उनको असीमिततालाई 
सीमितताको सुत्रले समाधान गर्न खोज्छौ ?
 
कहिले उनलाई सनातनमा त 
कहिले उनलाई  फौजदारीमा
उनको शक्तिमा अंकुश लगाउने प्रपंच रच्छौ 
 
तिमीलाई थाहा छ ?
तिमी त उनको खुट्टाको पैतलामा पनि राख्न लायक छैनौ थिएनौ
तिमी त क्षमा पाउन लायक पनि थिएनौ 
तिम्रो पापले गर्दा हिजोसम्ममा तिमी भस्म भइसक्नु पर्ने थियो 
तर उनको महान अनुग्रहले मात्र अहिलेसम्म तिमी वाँचेका छौ,
फर्केर पश्चाताप गर्ला की भनेर 
उनी हिजोदखि तिमीलाई पर्खेका छन् 
 
तिमी उनको महानतालाई,
कानुन, ऐन, नीति, नियम र संविधानमा साध्न नखोज
तिमीलाई थाहा छ ?
स्वर्ग उहाँको सिंहासन हो भने
पृथ्वी उनको पाउँदान हो ।
तिम्रो अपराधिक ऐन भन्दा 
उनको ऐन महका चाका जस्ता गुलिया छन्
अब कस्को ऐन मान्नु मैले ?
सृष्टिकर्ता ईश्वरको बाइबलमा उल्लेख भएको ऐन मान्नु की ?
सृजिएका मानिसले बनाएका फौजदारी ऐन मान्नु ?
अझै उनको महानताको व्याख्या गरौ यहाँ ? 
भो भो म पनि सक्दिन 
उनको महानताको बयान गर्न यो पाटीमा ।।
 
उनको ऐश्वर्यताको अघि टिक्न नसकेर 
तिमी उनी माथि फौजदारी ऐन लाद्छौ ?
पाप र भ्रष्टाचारमा लिप्त भएर
तिमी उनको प्रशंसा गाउने ओठहरुमा लगाम लगाउन खोज्छौ ?
 
सुन्दैछु मैले–
आगामी भदौदेखि तिमीले धर्म जस्तो पवित्रतालाई अपराधको तराजुमा जोख्दैछौ रे 
मेरो प्रशंसा गाउँने ओठहरुमा लगाम लगाउँदैछौ तिमीले
उनीहरुका हात–हातमा पाँच वर्षको हत्कडी थमाउँदै ५० हजार जरिवाना लिदैछौ रे तिमीले
तिमीलाई थाहा छ ?
यती गर्दासम्म के म चुप वस्न सकुला र ?
तिमीलाई विश्वास लाग्छ के म यसको बद्ला नलिउ रा र ?
विचार गर,
मेरो क्रोध तिमीमा आउन अघि 
सम्झिहाल ।।
 
तिमीले मलाई पंचायतमा रोक्न खोज्यौ
राजतन्त्रमा पनि छेक्न खोज्यौ
अझ प्रजातन्त्रमा पनि खोस्न खोज्यौ 
अहिले लोकतन्त्र र गणतन्त्रमा पनि छेक्न खोज्दै छौ ?
 
प्रसंगः फौजदारी ऐन २०७४ र धार्मिक स्वतन्त्रता
कुमारसिंह विष्ट, १४ कात्तिक ०७४ रातको ११ः३० बजे ।