Flash News

एनसीएफ यूवा विभागद्धारा गोरखामा निशुल्क स्वास्थय शिविर सम्पन्न

turahi-news

०५ मंसिर । तुरही न्यूज । नेशनल चर्चेज फेलोशिप अफ नेपाल (एनसीएफ)  यूवा समिति विभागले गोरखामा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । एनसीएफ यूवा विभागका सचिव पास्टर अभिषेक दाहालका अनुसार उक्त स्वास्थय शिविर गत हप्ता गोरखाको लापु गाउँमा संचालन भएको थियो । स्वास्थ्य शिविरबाट लापुका १२० घर धुरीले मेडिकल सेवा पाएका छन् । केही समयअघि त्यहाँको गाउँमा भाइरल ज्वरोका कारण दुईको मृत्यु भएको खवर पाएपछि एनसीएफ यूवा विभागले त्यहाँ निशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको थियो । 
गोरखाको सदरमुकामदेखि निकै दुर्गम मानिने लापु गाउँमा गाउँलेहरुको स्वास्थय चेकअपको लागि राजधानीबाट चिकित्सक र नर्सको एक समूह त्यहाँ पुगी औषधी वितरण र उपचार गरेर राजधानी फर्केको कुरा सचिव दाहालले बताउनु भयो । उक्त स्वास्थय शिविर एनसीएफ नेपाल, मिशन टु सर्व तथा गेत्समनी एयरपोर्ट चर्च र विरवहादुर गुरुङकोे आर्थिक सहयोगमा सम्पन्न भएको थियो । स्वास्थय शिविर अक्टोबर महिनामा संचालन भएको थियो ।