भोली राजधानीमा क्रिसमस सांगीतिक कार्यक्रम हुँदै

turahi-news

सुनिलराज लामा/कुमारसिंह विष्ट  । ललितपुर । २२ मंसिर । यस वर्षको क्रिसमसको अवसर पारेर कभनेन्ट डान्स एण्ड म्यूजिक एकेडेमी प्रा.लि.ले भोली शनिबार मंसिर २३ गते राजधानीमा क्रिसमस सांगितीतक कार्यक्रमको आयोजना गर्ने भएको छ । कभनेन्ट डान्स एण्ड म्यूजिक एकेडेमी प्रा.लि.का प्रमुख अबिनास राईले तुरही न्यूजलाई दिनुभएको जानकारी अनुसार  भोलीको क्रिसमस सांगितीक कार्यक्रमको तयारी पूरा भएको र कार्यक्रममा सयौंको संख्यामा दर्शकहरुको सहभागीता रहने आशा लिइएको छ ।
उक्त सांगितीक कार्यक्रम भोली मंसिर २३ गते शनिबार अपराह्न ललितपुरस्थित चुम्लुङ भवन महालक्ष्मीस्थानमा आयोजना गरिने छ । आयोजकले उक्त इभेन्टको नाम क्रिसमस म्युजिकल इभेन्ट्स दिएको छ । कार्यक्रममा हेप्जिबाह सांगितीक ब्याण्ड, गायक राजेश राई र द होप ब्यान्डले आआफ्ना प्रस्तुती दिने बताइएको छ । त्यसै गरि उक्त कार्यक्रममा सिङ्गिङ्ग एण्ड डान्सिङ्ग स्टारका टप–११ प्रतियोगीहरुले पनि गीत र नृत्य गर्ने आयोजकले जनाएको छ ।