क्रिसमस: चार प्रकारका ताराहरु

क्रिसमसको सन्दर्भमा चार प्रकारका ताराहरु बारे जानी राखौ

turahi-news

पाष्टर बिमल छेत्री, शिलिगुढी , ख्रीष्टमस‌को महिनामा प्राय ईसाइहरुले आफ्नो घरको दैलो र छप्परमा अल्गो तारा झुन्ड्याउने गर्छन्। तर यो प्रचलन कहाँबाट शुरु भयो ??
कति जनासँग यसको उत्तर छैन किनभने तिनीहरूले त्यो कुरा अरुको देखेर गरेको मात्र हो अौ कसैसँग छ भने पनि यस प्रश्नको उत्तर सबैसँग एकै प्रकारको छैन किनभने यो प्रचलन बाइबलको अाज्ञा होइन तर ख्रीष्टप्रति गरेको विश्वाससँगै मिस्रित भएर भित्रिएको एउटा परम्परा मात्र हो।
तर बानी लागेको इसाईहरुलाई तारा नझुण्ड्याउनु भन्यो भने त ख्रीष्टमस नै खल्लो हुन्छ भन्छन् अनि थप कुरा 'बल्ला बल्ला आएको हाम्रो वर्ष दिनको एउटै चाड हो घर आंगन त झिलिमिलि बनाउनु परयो नि' पो भन्छन् यसकारण म तारा नझुण्ड्याउनु चाहिँ भन्दिन तर झुन्ड्याउने नै हो भने ताराको अर्थ चाहिँ हामीले बुझ्नै पर्छ।
बाइबलमा धेरै ठाउँहरूमा ताराहरूको विषयमा लेखिएको छ यसकारण बचनमा लेखिएको ति ताराहरूले केहि न केहि एउटा विशेष सन्देश अवश्य दिएको छ।
बाइबलमा भएको चार प्रकारको ताराहरु र त्यसको सांकेतिक अर्थहरू-
(१)बिहानको तारा ( प्रकाश २२:१६)
यो ताराले प्रभु येशुलाई दर्शाउँछ। उहाँ बिहानको चहकिलो तारा हुनुहुन्छ।
 
(२) चम्किलो तारा (प्रभातको पुत्र) (यशैया १४:१२)
यो ताराले शैतानलाई दर्शाउँछ। यशैयाको यस खण्डमा बताइएको कुरा स्वर्गबाट खसालिएको प्रधान दूत लुसिफरलाई भनिएको हो।
 
(३) सधै चम्किरहने ताराहरु ( दानियल १२:३)
सातवटा ताराहरु ( प्रकाश १:१६, २०)
यी ताराहरुले परमेश्वरको जनहरुलाई दर्शाउँछ।
 
(४) अन्तरिक्षमा भएको तारागणहरु (अय्यूब ९:९)
यो ताराहरुलाई परमेश्वरले चिन्हहरू, ठहराइएको चाडहरु, दिनहरु र वर्षहरुको निम्ति सृष्टि गर्नुभयो। (उत्पत्ति १:१४, प्रकाश ६:१३)
 
प्रभु येशुलाई र शैतानलाई दर्शाउने ताराहरुमा भएको भिन्नता:-
 
प्रभु येशुलाई दर्शाउने ताराचाँहि 'छ मुखे तारा' अर्थात् 'छवटा कोण भएको तारा' हुन्छ यस प्रकारको तारा इस्राएलको झण्डामा छ जसलाई 'दाउदको तारा' पनि भनिन्छ। 
तर शैतानलाई दर्शाउने ताराको चाहिँ पाँचवटा कोण हुन्छ। यो 'पाँच मुखे तारा' अहिलेको संसारमा चलिरहेको शैतानको चर्च (Church of Satan) को लोगो (Logo) पनि हो। यस्ता संगठन, गुप्त समाज (secret society) जसलाई Illuminati पनि भनिन्छ, यो समाजको लोगो पाँच मुखे ताराको भित्र भागमा एउटा बाख्राको टाउकोलाई देखाइएको छ। त्यो बाख्राको दुइवटा शिंगले ताराको माथिल्लो दुइवटा कोण, औ त्यसको दुईवटा कानले ताराको बिचको दुइवटा कोण र बाख्राको मुखको भागले ताराको तल्लो कोण बनिएको छ।
 
निष्कर्ष:-
अचम्मको कुरा, प्राय इसाईहरुले आफ्नो घरमा पाँचवटा कोण भएको ठूलो तारा झुण्ड्याएर गमक्क पर्छन् तर बाइबलको बचन अनुसार घरको दैलो र छप्परमा तारा झुन्ड्याउनु भनेको होइन तर हामी आफै त्यो तारा बनेर अन्धकारमय संसारमा चम्किनुपर्छ। 
(फिलिप्पी २:१५ अंग्रेजी बाइबलबाट)
 
एक समय, पूर्वका ज्ञानी मानिसहरुलाई ताराले बाटो देखाएका थिए र तिनीहरूले येशुलाई भेटेका थिए। बचनले हामीलाई पनि तारा भनेको छ भने के हामीले मानिसहरूलाई बाटो देखाएका छौं ???
के आज हामी पनि प्रेरित पावलले फिलिप्पीको मण्डलीलाई  भने झै, टेडा र बरालिएका पुस्ताको बीचमा ताराहरु झै चम्किरहेको छौं ??? 
के हामीलाई पछ्याउदा मानिसहरुले येशुलाई भेटेका छन् ???
कतै हामीले वर्षमा एकपल्ट मात्र घरको अघाडी ठूलो ख्रीष्टमसको तारा झुन्ड्याएर परम्परामा अल्झिरहेको त छैनौं ???
 
यो कुरा नबिर्सिनुहोला त्यो तारा आजको पुस्तामा तपाई र म हौं।
त के मानिसहरुले तपाईलाई पछ्याउदा येशुलाई भेट्छन् त ?????