शब्द भन्दा जीवन बोलोस् - रेस्टोरेशन नेपाल

let your life speak louder than voice

turahi-news

- सुनिलराज लामा, ०७४ पुष २२,काठमाडौं,  शब्द भन्दा जीवन बोलोस् भन्ने नाराका साथ ललितपुर स्थित मार्गदर्शन मण्डलीमा रेस्टोरेशन नेपालको कार्यसमिति औपचारिक रुपमा आज गठन भएको छ । २०७२ सालको महा भूकम्प पछी रेस्टोरेशन नेपालले अनौपचारिक तवरले राहत वितरण गर्ने कार्य देखि आफ्नो सेवा अगाडी बढाएको थियो । आज सम्म आईपुग्दा यस समुहले बिभिन्नकिसिमका सेवाहरु प्रदान गर्दै आएको छ । जस्तै भूकम्प पिडित, तराईको बाढीपीडितलाई राहत वितरण, अगुवापन साथै चेलापन सेमिनार र यस पालिको ख्रीष्टमसमा पनि सडकमा रहेका अथार्त सडकमै बस्नेहरुको लागि ख्रीष्टमस शुभकामना सहित केहि न्यानो उपहारहरु पनि दिई सकेको छ । 
 
ललितपुरमा एक कार्यक्रम गरि रेस्टोरेशन नेपालको कार्यसमितिको अध्यक्षतामा बिरेन सुनुवार, उपाध्यक्षमा पा. उज्वल श्रेष्ठ, कोषाध्यक्षमा प्रितम तामाङ, र सचिवमा सुरज मोक्तान, त्यसै गरि सदस्यतामा रेबिका राई, मन्जु सुनुवार, सुनी डोल्मा श्रेष्ठलाई चयन गरिएको छ । यो कार्यसमिति औपचारिक रुपमा दुई बर्ष सम्मका लागि हुनेछ । त्यस पछी पुनह फेरी दुई – दुई बर्षमा नयाँ कार्यसमिति तय गर्ने यस संस्थाको योजना रहेको छ ।
 
रेस्टोरेशन नेपालका संस्थापक अर्थात् अध्यक्ष बिरेन सुनुवारले आफु अध्यक्षतामा चयन भए पछी तुरही न्युज संग भन्नु भयो “हाम्रो लक्ष भने पिडित सामु पुग्नु हो र पुगे पनि उसको आवसेकता पूर्ति गर्नु हो र त्यस पछी फेरी हामी त्यस पुनर्निर्माण भएको पिडितलाई तालिम दिई संगै अगुवापनमा डोर्याउनु हो ।‘ यसै क्रममा उपाध्यक्ष पा. उज्वल श्रेष्ठले  “हामी आज जति जनाको एउटा समिति गठन भएको छ यति मात्र होइन आगामी दिनमा हामी हाम्रो जीम्मा र दर्शनहरु एक पछी अर्को गर्दै नयाँ पुस्तालाई हस्तान्तरण पनि गर्ने छौं । तसर्थ येशू ख्रीष्टको महान आग्यलाई उहाँले जस्तै व्यवहारले प्रेम गर्ने छौ ।‘ तसर्थ कोषाध्यक्षमा प्रितम तामाङले “ हामी नेपालमा मात्र रेस्टोरेशनको काम गर्दैनौं विश्वमा पनि पुग्न चाहन्छौं यो दर्शनको लागि पनि प्रार्थना गर्दै छौं ।
 
स्रोतका अनुसार यो संस्थाले अलिकति नौलो र फरक तरिकाले सेवा गरेको, र केहि पिडितहरुले ठूलो उद्दार पाएको कुरा तुरहीलाई  बताएको छ । अब झन् यो कार्यसमितिको लागि ठूलो जीम्मा आई परेको छ । धेरै संघसंस्थाहरुको भिडमा यो नयाँ संस्थाको आज आधिकारिकरुपमा जन्म भएको छ । हेर्न बाकी नै छ यो संस्थाले के कस्तो प्रभाव पार्छ र के गर्छ भनेर । आशा गरौँ र यो रेस्टोरेशन नेपाल साँच्चै नेपालमा भएका असहारा पिडित र केहि गर्छु भन्नेहरुको लागि  रेस्टोरेशन बन्न सकेको होस् । यस संस्थाको नाराले बताए झैं शब्द भन्दा जीवन नै बोलोस् र प्रत्येकलाई जीवन बोल्न सिकाओस । यो संस्थाको नारा केवल नारामा मात्र सिमित नरहोस् । जीवन बोलोस् भने झैं तपाई हामीले देख्न पाईयोस प्रथानामा याद गरौँ ।

let your life speak louder than voice - Restoration Nepal