नेपाली ख्रीष्टियान गीत संगीतको उत्थानमा अमेरिकामा ‘कृपा अवार्ड’ को स्थापना

turahi-news

कुमारसिंह विष्ट । पुस ०७४ । नेपाली ख्रीष्टियान गीत संगीतको उत्थान तथा संरक्षणको लागि अमेरिकामा भएका नेपालीभाषी चर्चका यूवाहरुले एक फरक उल्लेख्य काम गरेका छन् । पछिल्लो पटक अमेरिकामा भएका नेपालीभाषी चर्चहरुका यूवाहरुले ग्लोबल महिमा म्यूजिक असोसिएसन (जीएमएमए) संस्थामार्फत नेपाली इसाई गीत संगीतको उत्थान र संरक्षणको लागि ‘कृपा अवार्ड’ स्थापना गरेका छन् । सन् २०१५ नोभेम्बर महिनामा अमेरिकामा स्थापना भएको यो संस्थाले नेपाली ख्रीष्टियान  गीत संगीतका श्रष्टाहरुमा ‘कृपा अवार्ड’ समप्रित रहेको जीएमएमएले तुरहीलाई बताएको छ ।
जीएमएमएका अनुसार हरेक वर्ष विश्वभरमा छरिएर रहेका नेपाली इसाई गीत संगीतको क्षेत्रमा विशेष् योगदान पु¥याउनुहुने संगीतका विभिन्न विधामा ‘कृपा अवार्ड’ विभिन्न व्यक्ति तथा संस्थालाई प्रदान गरिने छ । गत वर्ष २०१७ जुलाई १७ देखि १९ सम्म अमेरिकाको एटलान्टा शहरमा आयोजना भएको वीएनसीए शिखर सम्मेलनमा ‘कृपा अवार्ड’ पहिलो पटक सार्वजनिक गरिएको थियो ।
जीएमएमए संचालक समितिले सन् २०१७ को विएनसीए शिखर सम्मेलनमा गायिका अन्जु पन्तललाई ‘बेस्ट फिमेल भोकल’ र संगितकार तथा गायक सन्तोष रामदामलाई ‘बेष्ट कम्पोजर’ स्वरुप ‘कृपा अवार्ड’ प्रदान गरिएको थियो । त्यसैगरि गायक सन्तोष तिरुवालाई ‘बेष्ट मेल भोकल’, र पास्टर मत्तियास सुब्बालाई ‘मोस्ट इन्सप्रेसनल प्रसन’, यूवा संगितकार रमेश आलेलार्ई ‘बेष्ट एलबम अफ द इयर’ (प्राणभन्दा प्यारो एलबम) मा ‘कृपा अवार्ड’ प्रदान गरियो । जीएमएमएल समितिले ‘कृपा अवार्ड’ नेपाली ख्रीष्टियान संगीतमा लागेका कलाकारहरुलाई सम्मानमा समर्पित रहेको बताएको छ ।
आयोजकले नेपाली ख्रीष्टियान गीत  संगीतको क्षेत्रमा योगदानस्वरुप हरेक अंग्रेजी वर्षमा ‘कृपा अवार्ड’ प्रदान गरिने बताएको छ ।