तपाई कस्तो छाप छोड्दै हुनुहुन्छ ?

turahi-news

बाइबल पवित्र शास्त्रमा हितोपदेशको पुस्तक तेह्को बाइसले भन्दछ– “असल मानिसले आप्mना नाति– नातिनाहरुका निम्ति पैतृक–सम्पत्ति छोडिराख्छ, तर पापीहरुको धन धर्मीहरुका लागि थोपरिन्छ” । मलाई लाग्छ यस वचनले भौतिक सम्पत्तिको मात्र कुरा गरिराखेको मात्रै छैन । यसले सन्ततिहरुको लागि छोडिने एउटा ब्रान्ड नाम जो निकै नै मुल्यवान त्यस कृति लाई पनि इंगित गराउँदछ । हामीले समुदाय र राष्ट्रमा असल काम गरेर एउटा राम्रो छाप छोडेर जानुपर्दछ र खराब काम वा दुष्टताको काम गरेर आप्नो सन्ततिको लागि कालो वा नराम्रो दाग छाप छोडेर जानुहुदैन । राम्रो काम गरी सकरात्मक छाप छोड्नु सकिएमा भविष्यमा यसले अर्को पुस्तालाई पनि तपाईको नामले चिनाउन सहयोग पुग्न सक्नेछ । उनीहरु आशिष्ति हुनेछन तर काम नराम्रो गरेर भावी सन्ततीलाई त्यस्को बाबु बाजे यस्तो खत्तम थिए र यस्ताका सन्तान भनि मानिसहरुले चिन्नेछन् । यसरी सुमुदायमा नराम्रो छाप पर्न जान्छ ।
 
बाइबलमा असल छाप छोडेको व्यक्तिहरुलाई आज हजारौ बर्ष पनि पछि उदाहरणको
रुपमा लिईने गरिएको हाबीलको आज्ञाकारीताको कारण उनको सकरात्मक
उदाहरणको रुपमा आज पनि प्रचार गरिन्छ । त्यसैगरि कायीनको पनी उदाहरण त लिईन्छ
तर एक भाइ हत्यारा र खराब कुरा परमेश्वरलाई चढाउनेको रुपमा । नुहको नाम पनि
 
प्रसिद्ध छ । अब्राहाम पनि विस्वासको कार्यमा लागेको कारण वस्वासको पिता भनि चिन्दछौ अनि हामी इशाईहरु पनि परमेश्वरमा विस्वास गरेको कारण अब्राहामका सन्तान हामी हौं भनि नाम जोड्दछौं ।
 
हाम्रो समाजमा कोहीले राम्रो काम गरेको छ भने साईनो,केलाएर नाता लगाएर भन्ने गर्छौ उहाँ त मेरो नातेदार वा चिनजानको मान्छे हो भनेर । हामी भन्न खोज्दछौ त्यस्ताहरुलाई रफेरेन्सकोरुपमा लिदछौं । त्यसकारणले पनि हामी यो संसारमा रहुन्जेलसम्म जहिल्यै पनि असल काम गरेर छोडनुपर्छ । मानिस लोभ,र लालसा तथा अनेक तिकडाम गरेर आप्mनोे कामलाई माथि बढाउन चाहन्छ तर बदनाम भएर सम्पत्ति कमाउने, घमण्डी बन्ने यस्तो कार्यले असल छाप छोड्दैन । असल छाप छोडनलाई वलिदानपूर्ण जीवज जीयर उदारहरणीय काम गर्नुपर्छ । याकुबले इस्राएल नाम पाउँनको लागि रातभर स्वर्गदुतसँग कुस्ती  खेलेको हामीले देख्दछौ
 
जो मानिस मेहनत गर्दछ, उसले आप्mनो बंशलाई राम्रो छाप छोड्दछ । योसेफ पनि एउटा उदाहरण हुन्  तिनले पनि विस्वास साथ काम गरेको कारण उनी निकै उच्च ओहोदामा पुगेको हामीले देखेका छौं । मान, इज्जत कमाउनु र प्रतिष्ठाका कमाउनको लागि परिश्रम गर्नुपर्छ यस्तो कुरा कतै खोजेर आर्जन गरिने थोक होइन । मानिसले आदर सम्मान खोज्दछ तर त्यो पाउँनलाई उसको व्यवहार र उसको काम कस्तो छ उ आफैं स्वयं मूल्यांकन गर्न जरुरी छ ।
 
 
नयाँ नियममा येशू, चेलाहरु र पावलको बारेमा सकरात्मक उदाहरण हेर्दछौ । हामी इशाईहरु अहिले नराम्रो उदाहरण दिनुपरेमा यहुदा इस्करयतोती नबनौं है भनेर भन्दछौं । यसको कारण उसको खराप छाप र लोभ थियो । मानिस एक दिन एमरेर जान पर्छ । केही नलगी जानुपर्दछ । हामी ख्रीष्टको नाममा भ्रस्टाचार गर्दछौ, ख्रीष्टको नाममा हामी आप्mनो फाईदाको लागि माग्दछौं र पाप गर्दछौ । ख्रीष्टको नाम लिएर बदनामी हुन्छौ र सन्तानलाई समेत नराम्रो नाम दिएर जान्छौं । यस वारेमा हामीले गम्भिर भएर सोच्नु जरुरी छ । 
 
अमेरिकामा धेरै काला रंगका दाजुभाइहरु छन् र उनीहरुले समाजमा यस्तो छाप छोडेका कि कतै केही चोरी भाइहाल्यो भने पहिला काला जातिहरुमाझ खोज तलासी गरिन्छ । गैह् कालाहरुले उनीहरुमाथि आशंका गर्छन। यहाँ कति मानिसहरु उनीहरुलाई देखेर पनि डराउछन् । यसको मतलव सबै काला जातिका मानिसहरु खराब छैनन् । यो देशले काला नेताहरु अब्राहाम लिकंन, मार्टिन लुथर, ओबामा जस्ता व्यक्तिहरु प्नि पाएको छ । उनीहरुमा असल–असल मानिसहरु छन् तर पनि उनीहरुका बाजेहरुले नराम्रो  काम गरेको कारण उनीहरुलाई दोष लगाउछन् । कतै पसलमा तोडफोड भएमा कालेहरुले गरे होला भनिन्छ । त्यसैले हामी सबले संसार छोड्न भन्दा असल अघि नै असल छाप छोड्न जरुरी छ । 
यो जीवनमा संसारिक धन, सम्पत्ति र ज्ञान आर्जन गरिएला तर राम्रो छाप छोड्न सकिएन भने त्यसको के लाभ हुन्छ र ? मर्दा खेरी असल र धर्मी मानिस मरे भनेर मानिसले भनेर भन्न सकोस् । बाइबलमा पुरानो र नयाँ नियममा असल छाप छोडेका कति धेरै व्यक्तिहरु हामी देख्दछौ
 
नेपालमा पृथ्वी नारायणले देशलाई एकिकरण गरेर असल छाप छोडेका छन् । संसारमा जोन क्यालभीन, अब्राहाम लिंकन, महात्मा गान्धी आदिले असल छाप छोडेर गए । धेरै सम्पधि जोड्नु भन्दा असल बाटोमा छोराछोरी हिडाउनु जरुरी छ । सम्पत्ति जति कमाए पनि खराब सन्तानले त्यो सवै सकिदिन्छ र राम्रो सन्तान छन भने आफै कमाउँछन् । तसर्थ लोभ लालसाले कमाएको सम्पत्तिको केही अर्थ हँुदैन। तपाईको असली कमाई असल भनेको बाटो र धार्मिकताको बाटोमा हिडनु हो । तसर्थ भविष्यको सन्तानलाई असल छाप छोडनु जरुरी छ । हामी सबै दुर्गन्धित होईन तर नमुनाको व्यक्ति बन्न जरुरी छ । हाम्रो जीवनचाँहि बाइबलको ६७औं पुस्तक हो र बन्नुपर्छ ताकि मानिसले हामीलाई पढ्न सक्छन । तसर्थ असल छाप छोडौं ।
 
शानोन एल. एल्डर भन्ने एक जना मानिसले भनेका छन् “तपाईको नाम चिहानमा होईन, मानिसको हृदयमा खोप्नु होस् । विरासतचाहिँ तपाईका कथाहरुमा बाँडिने बार  र अरुको हृदयमा खोपिएको हुन्छ ।” साँच्चै आज तपाई र मैले एक उदाहरणिय जीवन जिएर मानिसको हृदयमा हाम्रो नाम खोप्ने गरौ र हाम्रा असल कथाहरु पुस्ता देखि पुस्तासम्म भनिउन् । परमेश्वरले हामीलाई आशिष दिनुभएको होस् ।