गजल प्रेम दिवस

turahi-news

प्रेम दिवस !! 

साचोमाया गर्नेहरूको संसार हो प्रेम दिवस 
बोलेको बोल राख्नेको संसार हो प्रेम दिवस !! 
 
जीवन भरी संगै जिउने, संगै मर्ने कसम खाइ 
एकार्कालाई स्विकार्नेको, संसार हो प्रेम दिवस !!
 
एउटै आँखा रसाउदा दुईटैको आँखा रसाउनेको 
म छु भनी समाल्नेको संसार हो प्रेम दिवस !!
 
मनमा स्वार्थ नहुनेको,हासिखुसी रमाउनेको 
प्रेम सबथोक भन्ठान्नेको संसार हो प्रेम दिवस !!
 
साचोमाया गर्नेहरूको संसार हो प्रेम दिवस 
बोलेको बोल राख्नेको संसार हो प्रेम दिवस !!

गंगाजंग सिंह, हुम्ला