'वर्ड एण्ड लाइफ यूथ रिभाइवल कन्फ्रेन्स' सम्पन्न

turahi-news

तुरही न्यूज । ४ फागुन । काइनोसिस मिनिष्ट्रि नेपालको आयोजना र वर्ड एण्ड लाइफ चर्च अमेरिकाको प्रायोजनमा आज शुक्रबार राजधानीमा एक दिने वर्ड एण्ड लाइफ यूथ रिभाइबल कन्फ्रेन्स आशिष्मय प्रकारले सम्पन्न भएको छ । 
सम्मेलनमा वर्ड एण्ड लाइफ मिनिष्ट्रि अमेरिकाका वरिष्ठ पास्टर विनय भण्डारीले आशिष्मय वचन प्रचार गर्नु भएको थियो भने त्यसै गरि सम्मेलनका अर्का वक्ता भारतीय नागरिक एपोस्टल शेख शलिमले पनि अर्थपूर्ण वचन प्रचार गर्नु भयो ।
यो चिल झैं उड्ने समय हो...भन्ने विषयलाई मुख्य केन्द्र वनाएर सम्मेलनका प्रमुख वक्ता पास्टर विनय भण्डारीले सहभागीहरुलाई वचनबाट उत्साहित पार्नुभयो । आज शुक्रबार विहान ८ बजेबाट राजधानीको वेथशालोम पुतलीसडक चर्चमा संचालन भएको एक दिने वर्ड एण्ड लाइफ यूवा सम्मेलन आज अपराह्न ४ बजे समापन भएको छ । सम्मेलनमा राजधानीमा विभिन्न चर्चबाट चारसय वढि यूवायूवतीहरुलगायत मण्डलीका पास्टरअगुवाहरुको पनि सहभागीता रहेको थियो ।
एक दिने सम्मेलन निकै आशिष्मय भएको र जीवनमा जीउने ठूलो आशा पलाएको कुरा सम्मेलनमा सहभागी यूवायूवतीहरुले गुडन्यूज एफ.एम.रेडियोलाई प्रतिक्रिया दिनु भएको छ । यस सम्मेलनमा प्रमुख वक्ता विनय भण्डारी गुड्न्यूज एफ.एम.रेडियोबाट हरेक शुक्रबार र शनिबार विहान ७३० देखि ९४५ बजे सम्म प्रसारण भइरहेका वर्ड एण्ड लाइफ कार्यक्रमका प्रस्तोता पनि हुनुहन्छ ।उक्त सम्मेलनमा पास्टर भण्डारीले वर्ड एण्ड लाइफ रेडियो कार्यक्रमका श्रोतहरुसँग पनि भलाकुसारी गर्नु भएको छ ।