मकवानपुर पास्टर एसोसिएसनको अध्यक्षमा पास्टर दिपक भोलन मनोनित

मकवानपुर पास्टर एसोसिएसनको नयाँ कार्य समिति गठन

turahi-news

कुमारसिंह विष्ट । ७ फागुन ०७४ । मकवानपुर जिल्लाको 'मकवानपुर पास्टर एसोसिएसन' को नयाँ कार्य समितिमा हेटौडा साल्वेसन चर्चका पास्टर दिपक भोलन सर्वसम्मतले अध्यक्षमा मनोनित भएका छन् । आज सोमबार मकवानपुर उद्योग वार्णिज्य संघको सभा कक्षमा आयोजित एघारौ साधारण सभाले पास्टर भोलनको अध्यक्षतामा पास्टर एसोसिएसनको नयाँ कार्य समिति चयन गरेको हो । 
जस्को उपाध्यक्षमा पालुङस्थित आशिष् चर्चका पास्टर सुभाष गोपाली, कर्नर स्टोन चर्चका पास्टर गोविन्द कोइराला सचिवमा मनोनित हुनु भएको छ भने मनहरीबाट पास्टर कुमार प्रजा कोषाध्यक्षमा मनोनित हुनु भएको छ । त्यसै गरि  साधारण सभाले भौगोलीक आधारमा जिल्लाका सवै क्षेत्रमा पर्ने गरि मण्डलीका पास्टरहरुलाई समावेशी प्रणाली अप्नाई प्रत्येक गाउँपालिकाबाट एक÷एक जना पास्टर, थाहान नगरपालिकाबाट एक जना पास्टर, हेटौंडा उपमहानगरपालिकाबाट दुईजना पास्टर गरि जम्मा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।
त्यसै गरि अन्य पदाधिकारीहरूमा पास्टर रविन आले मगर, पास्टर धन सं मोक्तान, पास्टर वकास गमाल, पास्टर लाल बहादुर वाईबा, पास्टर धनबहादुर लामा, पास्टर आईत लाल प्रजा र पास्टर मदन सिं सिन्तान कार्यकारी समितिको सदस्यमा चुनिनु भएको छ । 
यसैबीचमा पाष्टर एकता जागृती अभियान संगति, हेटौंडा दक्षिणी भेगले ख्रीष्ट येशूको अनुग्रह र पवित्र आत्माको अगुवाईमा फेरी एक पटक परमेश्वरको राज्यमा मकवानपुर जिल्ला भित्र रहेको चर्च र सम्पूर्ण इसाईहरुको बीचमा आशिष्मय सेवकाइ हुनको लागि मकवानपुर पाष्टर एसोसियनको अध्यक्ष जस्तो गरिमामय पदमा पास्टर दिपक भोलन सर्वसम्मतले मनोनित हुनुभएकोमा साथै सम्पूर्ण कार्य समितिका पदाधीकारीहरुलाई सफल कार्यकालको लागि शुभकामना र प्रार्थनाका साथै स्वार्गिय बधाई व्यक्त गरेको छ । 
मकवानपुर पास्टर एसोसिएसनको नयाँ कार्य समिति चयन भएपछि मकवानपुर जिल्लाभरिका चर्चहरु एकीकृत भएको आभाष गरिएको छ । स्मरण रहोस् मकवानपुर जिल्ला धेरै ख्रीष्टियानहरु भएको जिल्लामा पर्छ ।