इस्टरको अवसरमा राजधानीमा दूई दिने वृहत 'सुसमाचार तथा इस्टर महोत्सव' हुने

turahi-news

तुरही न्यूज । फागुन । ललितपुर । इस्टर तथा पुनरुतथानको अवसरमा राजधानीमा दुई दिने वृहत सुसमाचारीय तथा इस्टर महोत्सव २०१८ आयोजना हुने भएको छ । उक्त सुसमाचार तथा इस्टर महोत्सव काठमाडौं उपत्याकाका चर्चहरु र डीसीएमआई नेपालको संयुक्त आयोजनामा जाउलाखेलस्थित सेन्ट जेभियर्स स्कूल मैदानमा आयोजना हुने बताईएको छ । 
सुसमाचार तथा इस्टर महोत्सव आयोजक समितिले यही हप्ता ललितपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त महोत्सवको वारेमा सार्वजनिक गरेको हो । सुसमाचार महोत्सव सेन्ट जेभियर्स स्कूलमा आगामी चैत १९ र २० गते हरेक दिन अपराह्न एक बजे आयोजना गरिने आयोजकले जनाएको छ । आयोजकले उक्त दुइइ दिन हरेक ख्रीष्टियनले आफ्ना दुई जना नयाँ गैह् ख्रीष्टियनलाई निम्तो दिई उक्त सुसमाचार महोत्सवमा ल्याउनु पर्ने अपिल गरेको छ ।
उक्त महोत्सव सफलतापूर्वक आयोजना गर्न महोत्सव आयोजक समिति व्यापक तयारीमा जुटेको महोत्सवका संयोजकद्धय पास्टर बिरु घिसिङ र पास्टर पूर्ण विष्टले पत्रकारहरुलाई जानकारी गराउनु भयो । आयोजकले उक्त सम्मेलनका लागि राजधानीका चर्चहरुलाई पत्राचार गर्न थालेको छ । उक्त महोत्सवलाई राजधानीका सम्पूर्ण चर्चहरुले निकै चाखका साथ हेरेका कुरा संयोजक घिसिङले बताउँनु भयो । उहाँका अनुसार आसन्न सुसमाचार महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न राजधानीका चर्चका पास्टरअगुवाहरुसँग विभिन्न चरणका छलफल तथा वैठक सम्पन्न भएका छन् । 
रेभरेण्ड सिमोन पाण्डेको अध्यक्षतामा सुसमाचार तथा इस्टर महोत्सव २०१८ आयोजना हुँदैछ । आयोजक समितिमा राजधानीका अधिकांस चर्चका पास्टरअगुवाहरुको सहभागीता र ऐक्यवद्धता रहेको वुझिएको छ । श्रोतका अनुसार आयोजक समितिले डीसीएमआइ मिनिष्ट्रि अमेरिकाका प्रमुख डा.डेविड चाँख प्रमुख वक्ता हुनुहुनेछ । उहाँले नै दुई दिनसम्म सुसमाचार विषयमा प्रचार गर्नुहुनेछ ।