राजधानीमा मिडिया समिट हुँदै

turahi-news

 
२८ फागुन ०७४ । ललितपुर । विभिन्न ख्रीष्टियान मिडियाकर्मीहरुको सहभागीतामा आज मंगलबार राजधानी काठमाडौंमा मिडिया समिट हुँदैछ । कुसुन्तीस्थित क्वालिटि फुडल्याण्ड रेष्टुरेण्टमा मिडिया समिट संचालन हुने आयोजक मिडिया आउसमध्येका एक सदस्य दिनेश श्रेष्ठले बताउँनु भयो । 
मिडिया समिटमा राजधानी लगायत वाहिर प्रदेशका केही संचारकर्मीहरुको भेला हुने जनाइएको छ । मिडिया समिटमा अनलाइन, प्रिन्ट मिडिया र विद्युतिय संचार माध्यममा संलग्न इसाई मिडियाकर्मीहरु सहभागी हुनेछन् । 
यस मिडिया समिटका वारेमा सूचना नपाउँनु भएका इसाई संचारकर्मीहरुले यसै समाचारलाई आधार मानेर आज मंगलबार अपराह्न १ बजे कुसुन्तिस्थित क्वालिटि फुडल्याण्ड रेष्टुरेष्टमा आयोजना हुन गइरहेको मिडिया समिटमा सहभागी भई कार्यक्रमलाई अर्थपूर्ण वनाउँन सवैलाई आयोजक समितिका सदस्य अब्राहाम दियालीले आग्रह गर्नुभएको छ । समिटमा विभिन्न वँदामा छलफल हुने जनाइएको छ ।