शिक्षक र अभिभावक पनि सिर्जनशिल हुनु आवश्यक छ- प्रकाशचन्द्र गिरी

turahi-news

शिक्षा शब्द संस्कृत भाषाको“ शिक्षा “ धातुबाट आएको मानिन्छ । जस्को अर्थ सिकाउनु हुन्छ ।अङ्ग्रेजीमा शिक्षाको पर्याबाची शब्द भ्मगबतष्यल हो । भ्मगअबतष्यल शब्द लेिटन भ्म्ग्ऋभ्च्भ् बाट भएको देखिन्छ । जस्को अर्थ विकसित गर्नु वा अगुवाई गर्नु हो । उप्युक्त शाब्दिक अर्थहरुले शिक्षाको तात्पर्य ब्याक्ती मा अन्तर्निहित शक्ति तथा गुणहरुलाई अगाडि बढाउनु, विकसित गराउनु भन्ने बुझाउँदछ । 
एउटा बालकले आफ्नो अन्तर्नि्हित क्षमतालााई प्रस्फुटन गर्ने मौका शिक्षा हो भनेर पनि परिभाषित गरिएको छ । यही अन्तर्नि्हित क्षमतालाई प्रस्फुटन गराउने काम एउटा जानकार शिक्षकले मात्र गर्न सक्दछ । जुन शिक्षकले आफ्नो जीवनकालमा सिर्जनात्मक सीप र शिक्षण कलालाई जोड दिएको छ साथै ती संबंधित शिक्षकसंग विद्यार्थी पनि सृजनात्मक बन्न पुग्दछन । शिक्षा कुनै निश्चिति परिधिभित्र , स्थान र समयमा मात्र सिमित नभई यो एक आजिवन चलिरहने प्रक्रिया हो । 
बालकले आफ्नो घरका सदस्यहरु , साथीहरू तथा विभिन्न ब्यक्तिहरुबाट हर समय हर ठाउँमा केही न केही सिकिरहेको हुन्छ । ब्यक्तिले आफ्नो जीवनकालमा जे जति सिकाइ वा अनुभव गर्दछ ती सबै शिक्षा अन्तर्गत पर्दछ्न । यिनै सिकाइ र अनुभवको आधारमा उ बिस्तारै आफ्नो बाताबरण र परिस्थितिहरुसङ्ग जुद्धै अघि बढीरहन्छ र समस्याको समाधान गर्न सिक्दछ । त्यसैले शिक्षालाई एक यस्तो प्रक्रिया मान्नुपर्छ जस्ले ब्यक्तिको जन्मजात गुण र शक्तिलाई विकसित गर्नमा सहायता पुर्याउद्छ । यसरी एउटा बिद्यालयमा शिक्षण गर्दै गर्दा बालबालिका को अन्तर्नि्हित क्षमताको बिकास मात्र नभै शिक्षक तथा अभिभावकहरुको पनि सिर्जनात्मक सिप र जीवनकालका कलाहरुलाई प्रयोग गर्ने केन्द्र बन्नुपर्छ । शिक्षक , विद्यार्थी र अभिभावक को सम्बन्ध जति बलियो हुन्छ त्यति शैक्षिक प्रगति हुन्छ । कतिपय शैक्षिक संस्था हरु मा शिक्षकको सिर्जनात्मक कलालाई निर्बाध रूपमा प्रयोग गर्न नमिल्ने बातावरण भएको हुन्छ ।जति बढी शिक्षक र अभिभावकहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो कला र सिप हरुलाई एउटा शैक्षिक संस्थाले प्रयोग गर्न र प्रस्फुटन गराउनमा भुमिका खेल्छन् त्यति नै बढी विद्यार्थी को अन्तर्नि्हित क्षमताको बिकाश हुन्छ । कतिपय शैक्षिक संस्थाहरु छन जुन आफ्नो भौतिक पर्खाललाई मात्र फराकिलो बनाउनेतर्फ केन्द्रित छन तर विद्यार्थीको शैक्षिक दायरालाई फराकिलो वनाउन लागि परेका छैनन् । आज नेपालको स्कूलहरुमा यो कुराले प्रश्रय पाइ रहेको छ । जव की शिक्षाको गुणस्तरलाई देश काल परिवेश अनुसार फराकिलो वनाउँनु पर्नेमा स्कूलको पर्खाललाई फराकिलो पार्नमा नै समय वर्वाद गरिरहेका हुन्छन् । 
कतिपय शैक्षिक संस्थाहरुमा अभिभावकहरुको भुमिका लगभग शुन्य नै हुन्छ तर तिनै अभिभावक जो विभिन्न क्षेत्रमा योग्य छ्न तिनीहरुलाई बिद्यालयको स्रोत ब्यक्तिको रूपमा क्रियाशिल बनाउन सक्यो भने त्यो बिद्यालयमा विद्यार्थीको सिपको बिकाश हुन्छ । साथै कुनै एउटा शिक्षकले जुन नयाँ तथा रचनात्मक कार्यक्रम गर्दछ भने निर्बाधरूपमा संचालन गर्ने बातावरण सरोकारवाला र प्रशासनले अनुमति दिनुपर्दछ । कतिपय संस्थामा शिक्षक पनि एउटा मेसिन जस्तो गरि काम गर्नु पर्ने बाध्यता छ र यो गलत संस्कारलाई हामीले तोडनुपर्छ ।
आजका शिक्षकहरु र अभिभावकहरु पनि विभिन्न बिधामा अगाडि बढनुपर्ने बेला आएको छ ।तब मात्र विद्यार्थीको सिर्जनात्मक र रचनात्मक कलाको बिकास हुन्छ ।
आजको शिक्षकहरु नयाँ प्रबिधि संगै अपडेट र जानकार हुनु , एक अर्कोसङ्ग सम्बन्ध स्थापित गर्न अग्रसर हुनु ,विद्यार्थीको नेतृत्व क्षमतालाई ध्यान दिनु , सिर्जनात्मक र रचनात्मक कुरामा जोड दिनु , विद्यार्थीलाई कल्पनाशील बनाउनु, समस्या समाधान गर्न सक्नु, योजना बिधिमा जोड दिनु ,अनुशाशित बिस्व्ब्यापी नागरिक बनाउनु , अन्तर्रा्ष्ट्रिय सफल पद्धति अबलम्बन गर्न सिकाउनु , सांस्कृतिक चेतनाको बिकास गराउनु ,सहकार्यमा जोड दिनु जस्ता विभिन्न सिपहरुको बिकास हुनुपर्दछ । यी सिपहरुलाई शिक्षकले राम्रोसँग बुझ्न् सके र आफ्नो कक्षाकोठामा तथा अभिभावकले पनि घरव्यबहारमा प्रयोग गर्न सके हामीले चाहेको बालबालिकाको अन्तर्निहित क्षमताको बिकास र सिर्जनात्मक सिपको बिकास हुन्छ भन्ने कुरामा कुनै दुई मत नहोला ।
 
लेखक गिरी पोखरास्थित शुभकामना विद्यालयका प्राचार्य हुन् ।