'विएनसिए दोस्रो यूवा शिखर सम्मेलन' रोचेस्टरमा हुने- BNCA SUMMIT 2018

विएनसिए दोस्रो शिखर सम्मेलनको भव्य तयारी हुँदै

turahi-news

कुमारसिंह विष्ट । काठमाडौं । २९ मार्च २०१८ । भूटानिज नेप्लीज् चर्चेज अफ अमेरिका (विएनसिए) को दोस्रो यूथ समिट (दोस्रो यूवा शिखर सम्मेलन) अमेरिका न्यूयोर्कस्थित रोचेस्टरमा आयोजना हुने भएको छ । उक्त यूथ समिट यही जुलाई ५ देखि ७ तारिख तीन दिन सम्म भव्यताका साथ आयोजना गरिने कुरा विएनसिए यूथका अध्यक्ष पास्टर ईन्द्र कोइरालाले बताउँनु भएको छ । 
अध्यक्ष पास्टर कोइरालाले उक्त यूथ समिट आशिष्मय प्रकारले सम्पन्न गर्नको लागि विएनसिए यूथ समितिका पदाधीकारीहरुबीच विभिन्न चरणका तयारी वैठक सम्पन्न भइसकेको जानकारी दिनुभएको छ । 
आसन्न विनसिए दोस्रो यूथ समिटका वारेमा यस अघि नै अध्यक्ष पास्टर कोइराला लगायत विएनसिए यूथ समितिका पदाधीकारीहरुले भिडियोमार्फत पूर्ण जानकारी दिइसक्नु भएको छ । अध्यक्ष पास्टर कोइरालाले उक्त समिटमा सहभागी हुन अमेरिकाका सम्पूर्ण नेपालीभाषी भूटानिज नेप्लिज् चर्चका यूवायूवतीहरुलाई सहभागीताका लागि आव्हान गर्नुभएको छ । 
दोस्रो विएनसिए समिटको वक्ताकोरुपमा डा.रमेश रिचार्ड, पास्टर ज्यारेड रुडी, पास्टर शंकर राई र पास्टर सिलाश थापा रहनु भएको छ । उहाँहरुले नै समिटमा विभिन्न विषयमा आशिष्मय वचन प्रचार गर्नुहुने विएनसिए यूथ समितिका अध्यक्ष पास्टर ईन्द्र कोइरालाले तुरही न्यूजलाई बताउँनु भएको छ ।
उहाँले आसन्न विएनसिए दोस्रो समिटलाई त्यहाँका नेपालीभाषी चर्चका यूवायूवतीहरुले निकै चासोका साथ हेर्ने गरेका बताउँनु भएको छ । विएनसिए यूथ समिति विएनसिएको यूवा विभाग हो । विएनसिए अमेरिकी सरकारमा दर्ता भएको नेपालीभाषी चर्चहरुको मुनाफारहित संस्था हो । विनएसिए अमेरिकामा भएका भुटानीनेपाली चर्चहरुको ठूलो साझा संगतिको रुपमा स्थापित छ । समाचार श्रोतका अनुसार उक्त विएनसिए दोस्रो समिटमा ‘येशूआ’ सांगितीक ब्यांडले आराधनामा अगुवाइ गर्ने तयारी भइरहेको छ । 
 
विएनसिए यूथ समितिका सचिव पूर्ण विश्वले आसन्न यूथ समिट आशिष्मय प्रकारले सम्पन्न गर्न र उक्त समिटमा अमेरिकामा भएका भूटानिज नेप्लिज् चर्चका अधिकांस यूवायूवतीहरुको सहभागीता रहने आशा गर्नु भएको छ । आयोजकले उक्त विएनसिएको दोस्रो समिटमा अमेरिकाका विभिन्न स्टेटका सयौं चर्चहरुबाट १२ सयदेखि १५सय सम्म यूवायूवतीहरुको सहभागीता रहने आशा लिएको छ ।