Flash News

राजधानीमा भोलि पिस मिकर्स कन्सर्ट हुँने

turahi-news

चैत्र ०७४ । काठमाडौं । हिमालयन पिस मेकर्स काठमाडौंको आयोजनामा गुड फ्राइडे र इस्टर महोत्सवको अवसरमा राजधनीमा भोली शनिबार ‘पिस मेकर्स’ कन्सर्ट आयोजना हुने भएको छ । उक्त कन्सर्टमा साल्भेसन वर्शिप टिम,सलोमोनस् गोस्पल टिम, हिमालयल पिसपेकर्स टिम र गायक दाउद खालिङ राईको एकल प्रस्तुती रहने कार्यक्रमका संयोजक पास्टर साम पौडेलले तुरही न्यूजलाई बताउँनु भएको छ । 
 
कन्सर्ट नयाँ वजारस्थित सासा पार्टी बेनक्यूटमा भोली शनिबार अपराह्न संचालन हुने संयोजक पास्टर साम पौडेलले बताउँनु भएको छ । सांगितीक कार्यक्रम निकै नै आशिष्मय रहने आशा गरिएको छ । कार्यक्रमका संयोजक पास्टर पौडेलले उक्त सांगितीक कार्यक्रममा सम्पूर्ण मण्डलीका यूवायूवतीहरु र इच्छुक व्यक्तिहरु सहभागी भइ आशिष्ति हुन सवैलाई अपिल गर्नु भएको छ ।