आजबाट गुडन्यूज एफएमको प्रसारण ५०० वाटमा बृद्धि

turahi-news

तुरही १६ चैत्र ०७४ । काठमाडौं । थुप्रै मण्डली, श्रोता तथा शुभचिन्तकहरुको प्रार्थनास्वरुप अन्ततः आज चैत महिनाको १६ गते शुक्रबार गुड फ्रइडेका दिन अपराह्न दुई बजेबाट गुड न्यूज एफ.एम.रेडियोको प्रसारण क्षमता वृद्धि भइ ५०० वाटमा प्रसारण शुरु भएको छ । ५०० वाट क्षमतामा प्रसारण भएपछि काठमाडौं लगायत आसपासका जिल्लामा यसको प्रसारण पहुँच स्पस्ट हुने भएको छ ।
नेपाल सरकार सूचना तथा संचार मन्त्रालयको मिति २०७४ साल १२ महिना १२ गतेको निर्णय अनुसार आज चैत्र १६ गते शुक्रबारदेखि लागू हुने गरि गुड्न्यूज एफ.एम.रेडियोलाई ५०० वाट प्रसारण क्षमताको इजाजत प्रदान गरेको छ । संचार मन्त्रालयबाट ५०० वाट क्षमताको इजाजत प्राप्त गरेपछि वि सं.२०६४ सालदेखि १०० वाट क्षमतामा प्रसारण भएको यस गुडन्यूज एफ.एम.रेडियोको प्रसरण आज चैत्र १६ गतेबाट ५०० वाट क्षमतामा प्रसारण शुरु भएको हो ।
 
आज अपराह्न सिंहदरवास्थित सूचना तथा संचार मन्त्रालयको कार्यकक्षमा गुडन्यूज एफ.एम.प्रा.लि. संचालक समितिका अध्यक्ष कैलाशमान साशंकरले गुडन्यूज एफ.एम.रेडियोको लागि ५०० वाट क्षमता वृद्धि भएको इजाजत पत्र वुझ्नु भएको थियो । आज संचार मन्त्रालयबाट ५०० वाट क्षमता वृद्धिको इजाजत पत्र वुझेपछि अध्यक्ष साशंकरले संचार मन्त्रालयलाई धन्यवाद भन्दै अब गुडन्यूज एफएम रेडियोको प्रसारण काठमाडौं लगायत आसपासका जिल्लाहरुमा स्पष्ट सुनिनेमा विश्वस्त भएको दावि गर्नु भयो । उहाँले इजाजत पत्र पाएपछि यसका लागि प्रार्थना गरिरहनु भएको श्रौता,शुभचिन्तक, मण्डलीहरुलाई धन्यवाद दिनुभएको छ ।
 
गुडन्यूज एफ.एम.प्रा.लि.का प्रवन्ध निर्देशक पास्टर विश्व देव खड्काले आजबाट गुडन्यूज एफ.एम.रेडियोका प्रसारण पहुँच ५०० वाटमा शुरु हुँदा आफू निकै हर्ष विभोर भएको प्रतिक्रिया दिनुभयो । उहाँले परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो भन्दै परमेश्वरलाई धन्यवाद भन्नुभयो । त्यसैगरि गुडन्यूज एफ.एम.प्रा.लि.का संस्थापक अध्यक्ष तथा संचालक समितिका सदस्य पास्टर टेकबहादुर दाहालले वर्षौदेखिको हाम्रो प्रार्थना परमेश्वरले सुन्नुभएको लागि नेपाल सरकार सुचना तथा संचार मन्त्रालयका सचिवदेखि सवै कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ,।