नेपालका विसौ लाख इसाईहरु आइतबार इस्टर मनाउँदै

turahi-news

काठमाडौं । १७ चैत्र ०७४ । गत वर्ष जस्तै यस वर्ष पनि ख्रीष्ट पुनरुतथानको अवसरमा देशभरका हजारौ चर्चका विसौ लाख नेपाली इसाईहरुले भोली आइतबार इस्टर महोत्सव मनाउँने तयारी गरेका छन् । 
ख्रीष्ट मृत्यूबाट बौरी उठाइ तथा पुनरुतथान महोत्सव विविध कार्यक्रमहरुको आयोजना गरि मनाउँने तयारीमा जुटेका छन् । देशभरबाट तुरहीलाई प्राप्त जानकारी अनुसार देशका विभिन्न जिल्लामा आइतबार विहानै आआफ्नै चर्चमा विहानको प्रार्थना सकेपछि शान्ति पद यात्रामा सहभागी भई खीष्ट बौरी उठाइको भजनगीतहरु गाउँदै परमेश्वरको महिमा गर्दै यस वर्षको इस्टर तथा पुनरुतथान महोत्सव मनाउँने भएका छन् ।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष रेभरेण्ड सिवि गहतराजले ईस्टर पर्व नेपालमा भएका बीसौ लाख इसाईहरुको राष्ट्रिय पर्व भएकोले यस दिन नेपाल सरकारले सार्वजनिक विदा दिनुपर्छ भन्दै महासंघले यस अघि नेपाल सरकारसँग र राजनीतिक दलका नेताहरुसँग माग गरिसकेको बताउनु भएको छ । 
उहाँले गत वर्ष जस्तै यसवर्ष पनि देशभरका बिसौं इसाईहरुले इस्टरका दिन आआफ्नो चर्च बाट शान्ति पदयात्रा निकाली, येशूको जयगान गाउँदै तथा मण्डलीहरुको संयुक्त आयोजनामा पायक पर्ने सार्वजनिक स्थलमा इस्टर महोत्सवको आयोजना गरि यस वर्षको पुनरुतथान महोत्सव मनाउँने तयारी भइरहेको जानकारी दिनुभयो ।
त्यसैगरि भोली आइतबार इस्टरको अवसरमा राजधानीको रत्नपार्कस्थित खुल्लामंचमा इस्टर महोत्सवको आयोजना हुँदैछ । उक्त महोत्सवको लागि सम्पूर्ण तयारी भइ सकेको कुरा महोत्सव संयोजक पास्टर पदमनाथ पराजुलीले तुरहीलाई बताउनु भयो । 
आयोजकले भोली खुल्लामंचमा दसौ हजार मानिसहरुको सहभागीताको आशा गरेको छ ।