Flash News

विशाल सहभागीतामा यूथ कन्सर्ट सकियो

turahi-news

कुमारसिंह विष्ट १७ चैत्र ०७४ । ललितपुर, यूवायूवतीहरुको विशाल सहभागीतामा जाउलाखेलमा आज यूथ कन्सर्ट भव्यतासाथ सम्पन्न भएको छ । डिसिएमआइ नेपाल र चर्चहरुको संयुक्त संयोजनमा सेन्ट जेभियर्स स्कूल खेल मैदानमा आयोजना भएको यूथ कन्सर्टमा राजधानीका हजारौ यूवायूवतीहरुको सहभागीता रहेको थियो ।
कन्सर्टमा लोकप्रिय गायिका अन्जु पन्तले आफ्नो जीवनको गवाहीसँगै केही भगनगीतहरु गाउनु भएको थियो भने गायक राजेश राईले पनि केही गीतहरु प्रस्तुत गर्नु भएको थियो । त्यसैगरि निलिमा कोइरालाले एकल नृत्य प्रस्तुत गर्नु भएको थियो । हेब्जिवा र काठमाडौं क्यापिटल चर्चका सांगितीक ब्यांडले पनि भजनगीत तथा आराधनामा अगुवाई गरेको थियो ।
कार्यक्रममा अमेरिकी प्रचारकले अर्थपूर्ण सुसमाचर सुनाउनु भयो भने कार्यक्रमको अन्तिम प्रार्थना रेभ ईशुजंग कार्किले गर्नुभयो भने आयोजकको तर्फबाट पास्टर पूर्ण विष्टले सहभागी सवैलाई धन्यवाद दिनुभयो । आयोजकले यूथ कन्सर्ट सोचेजस्तो आशिष्मय र सफल भएको दावि गरेको छ । 
त्यसैगरि इस्टरको अवसरमा यही आयोजकले पर्सि सोमबार र मंलगबार यही खेल मैदानमा दुई दिने विशाल सुसमाचारीय महोत्सवको आयोजना गरेको छ । उक्त कार्यक्रमको लागि व्यापक तयारी र प्रार्थना भइरहेको आयोजकले बताएको छ । उक्त कार्यक्रममा विसौं हजार मानिसहरुको सहभागीता हुने आयोजकले विश्वास लिएको छ ।