खुल्लामंचमा वीस हजारले मनाए यस वर्षको इस्टर

विस हजारको सहभागीतामा इस्टर महोत्सव राजधानीमा सम्पन्न

turahi-news

सुनिलराज लामा/निराजन मोक्तान । १८ चैत २०७४ । काठमाडौं । इसाईहरुको महान उत्सव इस्टर महोत्सव–२०१८ राजधानीका सयौ चर्चका हजारौ मनिसहरुको सहभागतितामा अशिष्मय प्रकारले सम्पन्न भएको छ । विविध कार्यक्रमको आयोजना गरि यस वर्षको पुनरुतथान महोत्सव सम्पन्न भएको छ । रत्नपार्कस्थित खुल्लामंचमा आयोजित समारोहमा राजधानीका सयौ चर्चका हजारौ सदस्यहरु इस्टर महोत्सवमा सहभागी भएर यस वर्षको पुनरुतथान महोत्सव मनाएका हुन् । 
इस्टर महोत्सवमा कार्यक्रमका सहसंयोजक रेभरेण्ड चन्द्रमान नेपालीले वचनको लागि प्रार्थना गर्नुभपछि रेभरेण्ड डा.मंगलमान महर्जनले येशूको बौरी उठाइको अर्थपूर्ण संदेश दिनुभयो । उहाँ नै यस वर्षको इस्टर महोत्सवको प्रमुख अतिथि हुनुहुन्थ्यो ।
आयोजकका अनुसार इस्टर महोत्सवमा विस हजार वढि सहभागी भएका थिए । महोत्सवलाई एल्डर सेर एसी र पास्टर सागर बैंजुले कुशलतासाथ संचालन गर्नु भयो भने राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी.गहतराज, नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेल र एनसीएफ नेपालका अध्यक्ष रेभ.हनोक तामाङले इस्टरको अवसरमा शुभकामना दिनुभयो । 
गायक राजेश राईको अगुवाइमा एकसवढि सदस्य भएको संगीत झुण्डले आशिष्मय प्रकारले आराधनामा अगुवाइ गरेको थियो भने गायिका अन्ज पन्तले ह्दयस्पर्शी पुनरुतथानको गीत गाउनु भई कार्यक्रमलाई निकै आशिष्ति वनाउनु भयो । महोत्सवमा आकर्षक नृत्य पनि प्रस्तुत गरिएको थियो । 
शुरुको प्रार्थनामा रेभ पास्टर शमूएल सोदेम्बाले अगुवाइ गर्नुभयो भने धन्यवाद ज्ञापन महोत्सवका संयोजक पास्टर पदमनाथ पराजुलीले गर्नु भयो । त्यसैगरि रेभरेण्ड सुन्दर थापाले अन्तिम आशिष्को प्रार्थना गर्नु भएको थियो ।