Flash News

गृह मन्त्रीज्यू चर्च निमार्ण गर्नको निम्ति मन्दिर भत्काइरहन पर्दैन

turahi-news

 
कुमारसिंह विष्ट । २२ चैत्र ०७४ । ओली सरकारका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले यही सोमबार ‘गृह प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गर्ने क्रममा सिंगो नेपाली ख्रीष्टियन समुदायप्रति लक्षित गर्दै तथ्यहीन तथा आधारहीन कुराको गम्भीर आरोप लगाए । उनले भनेका छन्– ‘ सन् २०२५ सम्म नेपालमा भएका सबै मठमन्दिर भत्काएर चर्च बनाउने योजना छ...भन्ने ‘सुनेको छ’ु...यस्तो कुरालााई नियन्त्रण गर्न गृह प्रशासन कठोर भएर लाग्छ...’ । 
 
गृह मन्त्री बादलको यस्तो ‘रे’ को आधारमा तथ्यहीन र आधारहीन अभिव्यक्तिले गर्दा यती वेला सिंगो नेपाली इसाई समुदाय आतंकित बनेको आभाष गरिएको छ । उनको यो कठोर अभिव्यक्तिले उनको प्रशासनप्रतिकोे सस्तो लोकप्रियता प्रष्ट परिचय भएको छ । साथै धर्म निरपेक्षताको उपहास भएको छ ।उनकोे यो पक्षपातपूर्ण अभिव्यक्तिले गृह प्रशासनको सुधार होइन भुल हुने निश्चित देखिएको छ ।
 
देशको गृह प्रशासन सम्हालेको ‘पावरफुल’ मन्त्रालयको मन्त्री हुँ भन्दैमा जे पनि वोल्न मिल्छ ? देशको गृह मन्त्री भन्दैमा कुनै पनि घटनाको वारे सेकेण्डरी अध्ययन र अनुसन्धान नगरिकन नै ‘रे’ को आधारमा ‘यस्तो सुनेको छु’ ‘उस्तो सुनेको छु’ भन्दै तथ्यहीन र आधारहीन आरोप लगाएर कुनै पनि अल्पसंख्यक धार्मिक समुदायलाई यसरी आतंकित पार्नु न्यायोचित हुन्छ र ? अं हँ यो कदापी न्यायसंगत हुदैहुदैन् । यस्तो अभिव्यक्तिले न देशको भलो गर्छ न त जनताको ।
 
गृह मन्त्री बादलज्यू म यो भ्रममा छैन् की तपाई नेपालको गृह मन्त्री होइन भनेर । तपाई तीन करोड नेपालीको गृह मन्त्री हो । मन्त्रीज्यूलाई यो हेक्का होस् की ती तीन करोड नेपालीहरुमा यो देशका करिव २५ लाख नेपाली इसाईहरु पनि पर्छन भनेर । तपाई यो देशमा भएका करिव २५ लाख अल्पसंख्यक इसाईहरुको पनि गृह मन्त्री होइन र ? के यो देश नेपालमा भएका इसाईहरुको पनि होइन र ? कि यो देश गृह मन्त्रीको मात्र हो ? त्यसो हो भने किन रे को आधारमा हिन्दु र इसाईहरुबीच भएको धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति दिनु भएको हो ? धार्मिक समुदायलाई किन यसरी होच्याउनु भएको ? तपाईलाई थाहा छ यस्तो अभिव्यक्तिले असल परिणाम ल्याउँदैन भनेर । गृह प्रशासनको कुन नियमले तपाईलाई यसो अभिव्यक्ति दिन प्रेरित गरयो ? यसको जवाफ चाहियो ख्रीष्टियनहरुलाई ।
 
यस्तो अभिव्यक्ति दिनु यसको पछाडी तपाईको उद्देश्य के हो ? तपाईले यो देशका शान्ति ल्याउन खोज्नु भएको हो की अशान्ति निम्त्याउन ? गृह मन्त्री भएपछि के वोल्न हुन्छ र के वोल्न हुन्न भन्ने कुराको हेक्का राख्नु पर्छ की पर्दैन् ? हचुवाको तालमा यसरी हुँदै नभएको आरोप लगाउँन मिल्छ कुनै एक धार्मिक संस्थामाथि ? मलाई पनि थाहा छ के लेख्नु हुन्छ के हुँदैन भन्ने । तर आज तपाईले मलाई यी सवै प्रश्नहरुको जवाफ खोज्न वाध्य पार्नु भयो । हो भने प्रमाणसहित वोल्नु प¥यो नत्र भने धार्मिक सहिष्णुता खलवलिने काम देशको गृह मन्त्रीबाट हुनु भएन ।
 
तपाईलाई थाहा छ होला सायद नेपालका इसाईहरुले अहिलेसम्म मृत्युप्रयन्त आफ्नो धर्म अनुसार दाहसंस्कार गर्ने समाधिस्थलको व्यवस्थापन हुन सकेको छैन् । मानिसको फन्डामेन्टल राइटसँग जोडिएको दाहसंस्कार जस्तो संवेदनशिल विषय वारे राज्यसँग पटकपटक माग गर्दा पनि राज्यले उनीहरुमाथि अहिलेसम्म उपेक्षा गरिरहेको छ । 
इसाईहरुले अन्य धर्मावलम्वीहरुजस्तै आरक्षण कोटाको माग गरेका छैनन् न त सरकारको ढुकुटीबाट इस्लामिक समुदायलाई मक्का मदिना तिर्थ यात्रा गरे जस्तै इस्राएलको तिर्थ यात्राको लागि राज्यबाट आर्थिक लाभको माग गरेका छन् । खोई तपाईको उनीहरुको समाधिस्थल व्यवस्थापन गर्न तर्फ ध्यान गएको । के नेपालको इसाई समुदाय तपाईका जनता होइनन् र ? के तपाई इसाईहरुको गृह मन्त्री होइन र ?
 
गृह मन्त्री बादलज्यू तपाई भूमीगत भएपछि पहिलो पटक तपाईले रत्नपार्कस्थित खुल्लामंचमा पहिलो पटक सार्वजनिक हुँदाको तपाईको त्यतीखेरको देशभक्ति भाषण सुन्न म पनि खुल्लामंच गएको थिए । अहिले पनि मलाई त्यो क्षणको सम्झना छ, भाषणका क्रममा तपाई रुनुभएको थियो । तपाईको देशभक्तिको भाषण सुन्दा मलाई लागेको थियो–अब यो देशलाई बादलजस्ता नेताहरु चाहिन्छ र अनी देशको मुहार फेरिने छ । तपाईले करिव बाह् वर्ष अघि खुल्लामंचमा दिनुभएको देशभक्तिले ओतप्रोत भएको त्यो भाषणले मेरा आँखा पनि रसाएका थिए त्यतिखेर । त्यो दिनदेखि म तपाईलाई  देशभक्तिको नेताकोरुपमा हेर्ने गर्थे । त्यसको करिव बाह् वर्षपछि तपाई यो देशका गृह मन्त्री जस्तो गरिमामय पदमा आसिन हुनुभयो । तपाई यो देशका गृह मन्त्री भएपछि म मा केही आशा पलाएको थियो अब यो देशको मुहार फेरिन्छ की भनेर । तर तपाई गृह मन्त्री भएको केही हप्ता नवित्दै तपाईले अल्पसंख्यक धार्मिक समुदायप्रति सुनियोजितरुपमा प्रस्तुत भएर आफ्नो गृह प्रशासनको गलत अभ्यासको ‘कास्टिङ’ गरिदिनु भई सस्तो लोकप्रियता खोज्नु भयो । तपाईको त्यो अभिव्यक्तिका कारणले गर्दा नेपाली इसाई समुदाय यती खेर आतंकित वनेको छ । यसको जिम्मेवारी कसले लिने ? गृह मन्त्री भएपछि अत्याचारलाई समाधान गर्ने हो की आगो थप्ने हो ?
तपाईलाई ख्याल होस् की इसाईलाई मात्र होइन की देशको कुनै पनि अल्पसंख्यक धार्मिक समुदायप्रति पक्षपातपूर्ण अभिव्यक्ति दिँदा न देशको भलाई हुन्छ न त कुनै धार्मिक समुदायको नै । तपाईको यो अभिव्यक्तिपछि तपाईको गहृ प्रशासन कुन दिशातर्फ अघि वढ्ने हो भन्ने सजिलै आँकलन गर्न सकिन्छ । धर्म जस्तो पवित्र संस्थामाथि यसरी प्रहार गर्नु तपाईको गृह प्रशासनको यो कस्तो नीति हो ? यसले कस्तो परिणाम ल्याउँछ भन्ने हेक्का छ तपाईलाई ? तपाईले यो सुधार गर्न खोज्नु भएको हो की यस्तो तर्कहीन कुरा गरेर धार्मिक समुदायलाई भड्काउँन खोज्नु भएको हो ?
 
तपाईलाई यो पनि ख्याल रहोस् की ख्रीष्टियनका परमेश्वर डाह गर्ने परमेश्वर हुनुहुन्छ भन्ने । बाइबलले ‘कसैले एक गालामा हिर्काउछ भने उसको लागि अर्को गाला पनि थापि देओ ’ भनेर भनेको छ । इसार्ईहरु तपाईको तथ्यहीन आरोपको डिफेन्समा कहिल्यै पनि जादैनन् जान पनि मिल्दैन । किनकि येशूले भन्नु भएको छ देशको शासकको निम्ति प्रार्थना गरि देओ भनेर । बरु उनीहरु तपाईको यो कठोर नीति अवलम्बन गर्ने रुलिङमा परमेश्वरको इच्छा पूरा होस् भनेर प्रार्थना गर्छन् ।
 
गृह मन्त्रीज्यू तपाई जसरी तपाईका महान नेता माओत्सेको अनुयायी हुँ भनेर गर्व गर्नुहुन्छ, हो त्यसरी नै म येशूलाई पछयाउने उहाँको एक अनुयायी हुँ भनेर छाति ठाकेर गर्व गर्न सक्छु । अनी म यो देशको एक नागरिक हुँ भन्नेमा मलाई ठूलो गर्व अनुभुती छ । तपाईलाई यो देश नेपालको जती माया छ, त्यो भन्दा धेरै यो देशलाई माया गर्नुपर्छ भन्ने कुरा मेरो बाइबलले मलाई सिकाएको छ । तपाईलाई दुख्दा मलाई पनि दुखेको अनुभुती हुने म एक देशभक्त नेपाली हुँ । 
 
देशको कानुन अनुुसार यो देशलाई कर तिर्ने एक असल नेपाली नागरिक हुँ म । म हरेक महिना मेरो कमाइको सामाजिक सुरक्षा कर गर्वका साथ तिर्छु । देशको कानुन मान्नु मेरो लागि असल कुरा हो । म एक स्वाभिमानी नेपाली हुँ र म यो देशलाई माया गर्नुपर्छ, देशको रक्षा गर्नुपर्छ र देशलाई शत्रूहरुको आखाँबाट जोगाउनु पर्छ  देशको संरक्षण गर्नुपर्छ भन्ने बाइबलको शिक्षा पाएर यो देशलाई माया गर्ने राष्ट्रभक्तले ओतप्रोत भएको नेपाली नागरिक हुँ । 
 
गृह मन्त्रीज्यू तपाई म म मा यती फरक छः म भाग्यमा होइन तर परमेश्वरमा विश्वास गर्ने राजनीतिक प्राणी मानव हुँ । मैले देशको कानुन मान्छु र यसको रक्षा पनि गर्नु पर्छ भन्ने मलाई राम्रो हेक्का छ । यसको विपक्षमा म कदापी छैन् र हुन पनि सक्दैन् । म माओत्सेमा तथा उनको सिद्धान्तमा होइन तर माओत्से, तपाई र मलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुहुने सृष्टिकर्ता परमेश्वरमा विश्वास गर्ने र उहाँको आवाज सुन्ने नेपाली नागरिक हुँ । 
 
येशूको अमुल्य रगतले किनीएको नेपाली नागरिक हुँ म । मलाई गृह प्रशासन र देशको कानुनभन्दा मेरो परमेश्वरको कानुनको डर लाग्छ । त्यसो भन्दैमा म यो देशको कानुन मान्दै मान्दैन भन्न खोजेको पनि पनि होइन । म पहिला मेरो येशूको आवाज सुनेर उहाँले अहएको काम गर्छु । म देशको कानुनको पालना र सम्मान गर्छु तर मलाई त्यो भन्दा ठूलो कानुन बाइबलको आज्ञा लाग्छ म त्यो नै पालना गर्छु–गर्छु । यसमा म कम्प्रोमाइज गर्न सक्दिन । यो मेरो दृढ संकल्प हो । यी सवै कुरा मैले तपाई जस्तै रे को आधारमा भनेको कदापी होइन ।
म मेरा देशको नेताको असल गुण ‘फलो’ गर्छु र त्यो भन्दा म मेरा ठूला मालिक मेरा परमेश्वरको बाइबलको कानुनको ‘फलो’ गर्छु । किनकि म यो कसम खाएर भन्न सक्छु की मेरा लागी देशको कानुनभन्दा बाइबलले मलाई दिएको कानुन कुनै पनि देशको कानुनभन्दा माथि छ भन्ने । किनकि मलाई राम्ररी थाहा छ की सारा संसार हात पारेर अन्तमा मैले मेरो प्राण गुमाए भने मेरो लागि त्यो केहीको लाभ हुँनेछैन् । म ख्रीष्टको खातिर वलिदान हुन तयार भएको मानिस हँु । म पापको खातिर मरेको र धार्मिकताको खातिर जिएको मानिस हुँ । मलाई शारीरिक मृत्यु भन्दा आत्मिक मृत्युको डर लाग्छ । तर म निश्चिन्तका साथ भन्न सक्छु म आत्मामा वाँची सकेको मानिस हुँ त्यसैले मलाई कुनै कुराको डर छैन् ।
 
मलाई हिन्दुहरुको मठमन्दिरप्रति श्रद्धा छ । म हिन्दुहरुको मन्दिर छेउमा गए भने म मा कहिल्यै पनि घृणा उत्पन्न हुँदैन । बरु माया र प्रेम उत्पन्न हुन्छ । मेरा अधिकांश साथीहरु इस्टमित्रहरु गैह् इसाई छन् । हामी एउटै थालमा खान्छौ । एउटै ओछयानमा सुत्छौ । एउटै धाराको पानी पिउँछौ तर हामी एकअर्कालाई सम्मान गर्छौ । हामीमा कहिल्यै पनि धर्मको नाममा डिबेट भएको छैन् । किनकि हामी एकलेअर्कालाई सम्मान गर्न सिकेको छु ।
 
म सानैदेखि बाइबलको ‘स्कुलिङ’ मा हुर्केको हुँ । मैले धार्मिक सहिष्णुताको राम्रो पाठ सिकेको छु । मलाई सानैदेखि सवै धर्मका मानिसप्रति सद्भाव प्रकट गर्नुपर्छ कसैप्रति कुटिल मति राख्नु हुन्न भन्ने राम्रो ज्ञान र सिकाइ भयो । त्यसैले म मा हिन्दुको मन्दिर होस् की इस्लामको मस्जिद वा बौद्धमार्गीहरुको गुम्बा सवैप्रति मेरो श्रद्धा र सम्मान छ तर फरक यती मात्र हो म मेरो परमेश्वरलाई मात्र आराधना गर्छु यो मेरो व्यक्तिगत आस्था हो । म सवै धर्मावलम्वीहरुलाई स्वागत र सम्मान गर्छु तर येशूलाई मात्र मेरो मुक्तिदाता र उद्धारकर्ता मान्छु । 
त्यसो त यो भन्दा अघिका सरकारले पनि नेपाली इसाईहरुलाई पटकपटक प्रहार नगरेका होइनन् । गृह मन्त्रीज्यू तपाईबाट नै हामी(ख्रीष्टियन समुदाय) माथि यसरी प्रहार हुन्छ र तपाईले नै धार्मिक सहिष्णुता खल्बलाउने अभिव्यक्ति दिनुहुन्छ भने अब हाम्रो मालिक को हो तपाईले नै नेपाली इसाईहरुलाई भनिदिनु प¥यो नत्र भने मसंग भएको नागरीकता तपाईका प्रहरी लगाएर खोसी दिए हुन्छ – फिर्ता लिए हुन्छ । यसै हो भने म एक स्वतन्त्र नागरिक भएर जिउन चाहान्छु भन्न वाध्य हुनेछु । मेरो स्वाभिमानप्रति आँच पु¥याउने अधिकार कसैलाई छैन् । 
 
तपाईहरुले यो देशमा शिशुको गर्भमै हत्या गर्न छुटको कानुन वनाउँनु भएको छ तर हाम्रो बाइबलको कानुनमा कुनै पनि कारणमा के शिशु वा के वृद्ध कसैको पनि हत्या गर्नु अपराध हो भन्छ । यसका विरुद्ध परमेश्वरको कानुनले कसैलाई छुट हुँदैन् । हाम्रो बाइबलले भन्छः मानिसलाई परमेश्वरले अदभूत र भयानकरुपले सृजना गर्नुभएको हो । प्रत्येक मानिसको जीवनमा परमेश्वरको विशेष् योजना छ भन्ने कुराको विश्वास गर्छ– बाइबल ।
 
त्यसो भए तपाई यो देशको गृह मन्त्री जस्तो सम्मानीत पदमा आसिन भएर यो देशमा भएका अल्पसंख्यक इसाई समुदायको अधिकार हनन् हुने गरि तथ्यहीन आरोप लगाउँन मिल्छ ? तपाई गृह मन्त्री भएर देशमा सुशासन स्थापना गर्न खोज्नु भएको हो की सदियौदेखि विभिन्न धर्मावलम्वीहरुबीच भएको धार्मिक सहिष्णतालाई खल्बल्याएर इसाई र हिन्दुबीच धार्मिक द्धन्द्ध निम्त्याउन ?
 
गृह मन्त्रीज्यू पदमा आसिन छु भन्दैमा अल्पसंख्यक समुदायलाई तथ्यहीन आरोप लगाएर नेपालमा भएका चर्चहरुको वदनाम गर्न खोज्नु कदापी न्यायोचित हुँदै हुँदैन । प्रमाणसहित अभिव्यक्ति दिनुभयो भने कति असल हुने थियो । मैले म आफू ख्रीष्टियान भएर मात्र यती कुरा लेखेको होइन तर तपाईले नै मलाई यसरी प्रस्तुत हुन वाध्य वनाउनु भएको हो आज । म एक असल स्वभिमानी नेपाली हुँ म मा गृह मन्त्री पदप्रति सम्मान छ तर गृहमन्त्रीको लाञ्छना लगाउँने प्रवुत्तिप्रति मेरो खेद छ । 
गृह मन्त्रीज्यू तपाईबाट नै इसाईमाथि यस्तो पक्षपातपूर्ण व्यवहार हुन्छ भने म नेपाली हुँ भनेर मैले गर्व गर्ने आधार म मा रहने अब ।  संविधानको प्रस्तावनामा नै देश धर्म निरपेक्ष उल्लेख छ । संविधानको धारा २६ ले सवै नागरिकलाई आफूले चाहेको धर्म अंलाग्न पाउँने र छोड्न पाउँने अधिकार सुनिश्चित गरेको छ । के मैले आफूले चाहेको धर्मलाई अप्नाउँन पाउँने अधिकार मलाई छैन् र ? तपाई फेरी अभिव्यक्ति दिनुहुन्छ अब म चर्चहरु प्रति म कडारुपमा प्रस्तुत हुन्छु भनेर । 
 
तपाईलाई थाहा छ –तपाईहरुजस्ता नेताहरुको चरित्र र व्यवहारले होइन तर मलाई चर्चले सम्मानका साथ थमाएको बाइबलले नै मलाई तपाई भन्दा वढि देशभक्ति हुन सिकाएको छ । म छातिमा हात राखेर भन्न सक्छु मैले स्कूल पढ्नुभन्दा पहिला चर्चले  मलाई अनुशासन, असल चरित्र, धैर्यता, नैतिकता, नम्रता, संयमता, इमानदारिता, देशभक्ति, विश्वसनियताको पाठ सिकाएको हो । तपाई भन्नुहुन्छ चर्चहरुप्रति म कठोर बन्छु । तपाईले यो के भन्नुभएको हो ? चर्चहरु रोक्नु भनेको हत्केलाले सूर्यलाई रोक्न खोज्नु जस्तै हो । 
 
हो तपाईले नै आरोप लगाउँनु भए जस्तै यदी कुनै इसाईले हिन्दुहरुको मन्दिर भत्काउँने कुरा अभिव्यक्ति दिन्छ र दिएको प्रमाण छ भने त्यो इसाई समुदायलाई सैह् हुँदैन । यस्तो अभिवक्ति कुनै पनि  ख्रीष्टियनले दिन्छ भने त्यो सरासर बाइबलको विरुद्ध छ । त्यस्ताको विरुद्धमा म पनि लाग्ने प्रण गर्छु । तर रे को आधारमा सिंगो इसाई समुदायको गृह मन्त्रीबाट नै वदनाम गर्न खोज्नु यो वली सरकारको नेपाली इसाईहरुप्रतिको सुनियोजित प्रहार हो भन्ने आँकलन गर्न सकिन्छ ।
 
चर्चहरुलाई तपाईका महान नेता माओत्सेले तत्कालिन समयमा चाइनामा त वन्द गर्न सक्नु भएनन् भने तपाई अहिलेको आधुनिक संसारमा आएर भन्नुहुन्छ चर्चहरुप्रति मेरो प्रशासन कठोर हुन्छ भनेर । अं हँ यस्तो कदम नचाल्नु भए हुन्छ । किनकि असल कामका विरुद्ध संसारमा अहिलेसम्म कुनै पनि कानुन वनेको छैन् र वन्न पनि आवश्यक छैन् । चर्चहरु विरुद्ध यस्तो कठोर कदम चाल्नु यो देश र जनताको कदापी भलो हुँदैन । किनकि इसाईहरु यो देशको शासकहरुको निम्ति प्रार्थना र चिन्ता गर्ने शान्तप्रेमी समुदाय हुन् । देशलाई प्रेम गर्ने मानिसहरु हुन् । यती पनि ख्याल गर्नु ‘यिनीहरुको’ विरुद्धमा कोही वोले भने स्वर्गमा महान परमेश्वर चुप लागेर वस्दैनन् । बरु यिनीहरुलाई संरक्षण दिनुपर्छ ।
 
हेर्नुहोस् गृह मन्त्रीज्यू । तपाई कम्युनिष्टहरुको निम्ति धर्म भनेको अफिम होला तर मेरा लागि धर्म भनेको सन्तुलित जिवन शैलीको खुड्किलो हो । बाइबल अनुसार ख्रीष्टियान धर्म होइन तर यो धार्मिकता र येशूसँगको सम्वन्ध हो । म ख्रीष्टियन भएर मैले मेरो धर्म त्यागेको होइन तर धर्म त्यही हो तर जीवन शैली नयाँ अप्नाउदै धार्मिकताको पछि लागेको हुँ । तर तपाईले इसाईलाई धर्म भन्नुभएको हो भने इसाई धर्मले सधैं नै देशभक्तिको कुरा सिकाउँछ । देशमा रहेर कानुन पालना गर्न सिकाउँछ । देशका शासकको अधिनमा वस्न सिकाउँछ । देशको रक्षा गर भन्ने कुरा सिकाउँछ । देशका शासकको शान्ति र सुरक्षाको निम्ति प्रार्थना गर भन्ने सिकाउँछ । यी नै कुराहरु आज यो देशलाई चाहिएको होइन  र ? यसमा ढुक्क भए हुन्छ देशको हित विपरित कुनै पनि कुरा बाइबलले इसाईहरुलाई सिकाउँदैन ।
 
भन्ने नै हो भने हाम्रो इसाई धर्मको बाइबलले तपाईहरुजस्तो सत्ता प्राप्तिको लागि मानिसको हत्या गर्न सिकाउँदैन् (विगतको १२ वर्षे माओवादी आन्दोलन) । सत्ता प्राप्तिको लागि झैझगडा, हत्या, हिंसा,विध्वंस र भष्ट्राचार गर्न अभिप्रेरित गर्न कहिल्यै पनि सिकाउँदैन । बाइबलले सधैं शान्तिको वाटो रोज्नु भन्ने पाठ सिकाउँछ । बाइबल सधैं अशान्ति, अराजकता, हत्या, हिंसा, वेमेल, फुट, गुट–उपगुट, अत्याचार,देशद्रोह,भष्ट्राचारका विरुद्ध हुन्छ । बाइबल सधैं शान्ति, मेलमिलाप, भाइचारा, असल शासन,निमार्णजस्ताको पक्षमा छ । मेरो सल्लाहा गृह मन्त्रीज्यू बरु यदी तपाई यो देशको असल नेता वन्न चाहानुहुन्छ भने तपाईले पनि एक पटक बाइबल पढेर येशूको पछि लाग्न प्रेरित गर्छु । अनी थाहा पाउनुहुनेछ बाइबलले विध्वसंको पाठ सिकाउँछ की देश निमार्णको पाठ भनेर । 
 
नेपालका कुनै पनि इसाईहरु मन्दिर भत्काउँने योजना बुन्नु त के रातमा सुतेको वेला पनि यस्तो घृणित सपना देख्न समेत सक्दैनन् । गृह मन्त्रीज्यू चर्चहरु निमार्ण गर्नको निम्ति मन्दिरहरु भत्काइ रहनु पर्दैन । इसाईहरुका निम्ति यस्तो कुकृत्य गर्नु भनेको ठूलो अपराध हो । यस्तो घृणित काम ग¥यौ भने स्वर्ग र पृथ्विीका परमेश्वरले इसाईहरुलाई सजाय दिनुहुन्छ । इसाईहरु यस्मा  विश्वास गर्छन । इसाईहरुलाई यो देशको नेताको भन्दा परमेश्वरको आज्ञाको डर लाग्छ । त्यसैले यस्तो कटुतापूर्ण र मुर्ख योजना इसाईहरुको निम्ति कदापी  सैह् हुँदैहुँदैन । उनीहरु यस्तो धार्मिक सद्भाव खलवलिने योजना कुनै पनि हालतमा गर्न सक्दैनन् । यसमा सवै ढुक्क भए हुन्छ ।
 
नेपालमा वाह् हजारको संख्यामा चर्चहरु छन् के ती सवै चर्चहरु मन्दिर भत्काएर नै निमार्ण भएका हुन भन्ने ठान्नुहुन्छ तपाई ? प्रमाणहिन र तथ्यहीन कुरा नवोल्नुहोस् तपाई । नेपालमा चर्चहरु कसरी स्थापना भए भन्ने एक पटक नेपालको चर्च इतिहास पढनु भए हुन्छ यो सत्यता थापा पाउनलाई । अर्को कुरा चर्च भनेको तपाईले देख्नु भएको भवन होइन येशूका अनुयायी हुन् । चर्च भवनहरु भत्काइएलान तर मानिसको आस्थालाई कसैले पनि भत्काउन सक्दैन । 
 
तपाईका महान नेता माओत्सेले पनि चाइनामा तत्कालिन अवस्थामा चर्चहरु भत्काउने नीति अवलम्बन गरे र सेनाहरु लगाएर चर्चहरु भत्काए पनि तर उनको प्रशासनले चाइनाका इसाईहरुको आस्थालाई कहिले पनि भत्काउन सकेनन् । फलस्वरुप पछिल्लो  तथ्याँक अनुसार चाइनामा करिव तिस मिलियन भन्दा वढि ख्रीष्टियानहरु छन् । मानिलिनु भयो र वुझिदिनु भयो भने ख्रीष्टियनहरु देशका गहना हुन् वोझ कदापी होइनन् । यिनीहरु कुनै पनि कुराको विध्वसंमा होइन निमार्ण गर्नमा विश्वास गर्छन ।