Flash News

काठमाडौं इस्टर महोत्सव सकियो

turahi-news

तुरही न्यूज । २२ चैत । डिसिएमआई नेपाल र काठमाडौंका चर्चहरुको आयोजनामा राजधानीमा आयोजना भएको दुई दिने काठमाडौं इस्टर महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । इस्टरका अवसरमा आयोजित महोत्सव यही चैत १९ र २० गते जाउलाखेलस्थित सेन्ट जेभियर्स स्कूलको खेल मैदानमा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । 
 
डेविड चङ इन्टरनेशनल मिनिष्ट्रिका प्रमुख डा.डेविड चङले दुई दिन सम्म वचनबाट उत्साहपूर्ण वचन प्रचार गर्नु भयो । महोत्सवलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । अमेरिकाबाट आएको सांगितीक ब्यांडले माहोललाई निकै आशिष्ति वनाएको थियो भने गायक कर्ण दास, र गायिका अन्जु पन्तले ह्दय स्पर्शी भजन गीतहरु गाएर महोत्सव गुण्जायस भएको थियो । महोत्सवलाई रेभ पास्टर ईशुजङ कार्कीले कुशलतासाथ संचालन गर्नु भयो । 
महोत्सवको संयोजक पास्टर बिरु घिसिङ र पास्टर पूर्ण विष्ट हुनुहुन्थ्यो । महोत्सवमा धेरैले येशूलाई मुक्तिदाताकोरुपमा चिन्ने अवसर पाएका कुरा वुझिएको छ । महोत्सवमा राजधानीका साल्भेसन, हेब्जिवाह लगायत केही अन्य इसाई ब्यांडहरुले पनि सांगितीक कोशेली प्रस्तुत गरेका थिए ।
तस्बिरः मित्र सुनुवारको फेसवुकबाट