वेथेस्दा बाइबल कलेजका सोह् विद्यार्थीहरु दीक्षित

turahi-news

२३ चैत ०७४, ललितपुर । टीकाथलीस्थित वेथेस्था बाइबल कलेजमा बिटिएच र डिटिएच तहमा अध्ययनरत सोह् विद्यार्थीहरु दीक्षित भएका छन् । कलेजले यही वुधबार टिकाथलीस्थित जीवन दिने मण्डलीमा एक वेथेस्था बाइबल कलेजको दोस्रो दिक्षान्त समारोहको आयोजना गरेर तीन वर्षे बिटिएच र दुई वर्षे डिटिएच तहका सोह् विद्यार्थीहरुलाई समारोहका प्रमुख अतिथि सिटि लाइफ चर्च क्यानडाका रेभरेण्ड जोन ए.मारहुइस र गेत्समनी एयरपार्ट चर्चका वरिष्ठ पास्टर रेभरेण्ड टेकबहादुर दाहालले प्रमाणपत्र दिएर दिक्षीत गर्नु भएको हो ।
 
दिक्षान्त समारोहमा फिलिपिन्सबाट पाल्नु भएका रेभरेण्ड पावल डि.बगौते सरले दिक्षीत विद्यार्थीहरुलाई समेट्ने वचन प्रचार गर्नुभयो । दिक्षीत विद्यार्थीहरुलाई केन्द्रीत गर्दै उहाँले नेपालका हिमाली भेगमा सेवा गर्नलाई चुनौती दिनुभयो ।
 
समारोहमा विभिन्न चर्चका पास्टरअगुवाहरु, बाइबल कलेजका प्रिन्सिपल लगायतकाहरु सहभागी थिए । आमन्त्रित पाहुनाहरुलाई केलेजका प्रिन्सिपल पास्टर विश्वदेव खड्काले स्वागत गर्नुभयो भने उहाँले नै कलेजको वारेमा प्रकाश पार्नु भयो । कलेजका इन्चार्ज उपेन्द्र तामाङले कार्यक्रमलाई  कुशलतासाथ संचालन गर्नुभयो भने पास्टर पावल वस्नेतले शिक्षकको तर्फबाट दिक्षीत विद्यार्थीहरुलाई उत्साह दिनुभयो ।
 
दीक्षित विद्यार्थीहरुमध्येबाट सिमा तामाङले कलेजमा तीन वर्षसम्मको अध्ययन अवधीको अनुभन सुनाउनु भयो । अन्तिम हाशिष्को प्रार्थना एनसिएएफ नेपालका मध्यमान्चल अध्यक्षले गर्नु भएको थियो । विटिएच तहमा दीक्षित हुने विद्यार्थीहरुमा बुदुर चौधरी, धनकुमारी राई, पुन्तली नगरकोटी, किसोर साही, शर्मिला लिम्बु र सिमा मोक्तान रहनु भएको छ ।
 
त्यसैगरि डिटिएच तहमा दीक्षित हुने विद्यार्थीहरुमा गोपाल मगर, कविता लिम्बु, चतौरे माझी, एस्तर तामाङ, मिलन गुरुङ, नरमाया मगर, प्रतिक्षा राई, साराती राईर सिवन विश्वकर्मा रहनु भएको छ ।