होली माउन्टेन बाइबल स्कूलद्धारा २४ विद्यार्थीलाई दुई महिने तालिम

turahi-news

तुरही न्यूज । काठमाडौं । २६ चैत्र ०७४ । झापा जिल्ला दमक त्रिवेणी टोलस्थित होली माउन्टेन बाइबल स्कूलले संचालन गरेको दुई महिने बाइबल तालिम सम्पन्न भएको छ । बाइबल तालिम त्याहाँस्थित एम्बेसी अफ ओप चर्चमा फेबुअरी पहिलो हप्तादेखि मार्च महिनाको अन्तिमसम्म संचालन भएको थियो । तालिममा सहभागी चौबिस विद्यार्थीहरुलाई मार्च महिनाको २९ तारिख प्रमाण पत्र वितरण गरिएको थियो ।
 
बाइबल स्कूलका प्रिन्सिपल तथा निर्देशक पास्टर पावल राईका अनुसार दुई महिनासम्म संचालन भएको बाइबल स्कूलमा विश्वासको जग, आत्माको सेवकाइ, चंगाईको वरदान, मण्डलीमा आर्थिक व्यवस्थापन, आदर, चेलापनजस्ता विषयमा सिकाइएको थियो । तालिममा सहभागीहरु प्रायः विभिन्न जिल्लाका चर्चका अगुवाहरु थिए । 
 
दुई महिने बाइबल स्कूल तालिममा झापा जिल्लालगायत पूर्वान्चलका विभिन्न जिल्लाबाट २४ विद्यार्थीहरु सहभागी भएका थिए । तालिम पश्चात बेलडाँगी इसाई समाजको अध्यक्ष तथा बाइबल स्कूलका प्रिन्सिपल पास्टर पावल राईको वाहुलीबाट विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
अमेरिकाको आइडोहास्थित एम्बेसी अफ होप चर्चका पास्टर वेन्जमिन मगर पनि उक्त तालिममा शिक्षककोरुपमा हुनुहुन्थ्यो । पास्टर मगरले अमेरिकाबाट करिव एक दशकपछि आफ्नै चर्चमा फर्केर विद्यार्थीहरुलाई सिकाउँन पाउँदा आफू निकै हर्षित भएको प्र्रतिक्रिया तुरहीलाई दिनुभएको छ । 
 
पास्टर वेन्जामिन  मगर लगायत बाइबल स्कूलका प्रिन्सिपल पावल राई एक दर्जन वढि शिक्षकहरुले दुई महिनासम्म विभिन्न विषयमा सिकाउँनु भएको थियो । आफ्नो आमा चर्चमा दुई महिनासम्म अध्यापन गराउँन पाउँदा परमेश्वर र पास्टर पावल राईलाई धन्यवाद दिन चाहान्छु अमेरिकाबाट सोही बाइबल स्कूलमा अध्यापनका लागि आउनु भएका पास्टर बेन्जामिन मगरले तुरहीसँग भन्नुभयो ।