Flash News

काल्पनिक पात्रहरुको साथमा धार्मिक अन्तर्वार्ता प्रस्तुत छ ।

turahi-news

अमेरिकनः तपाईको देशमा नयाँ संविधान जारी भएपछि धार्मिक स्वतन्त्रताको अभ्यास कस्तो छ ?

नेपालीः संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रता सम्वन्धी हकको व्यवस्था उल्लेख गरिएको छ । फौजदारी ऐन २०७४ को परिच्छेद ९ मा धर्म सम्वन्धी कसूरमा त धर्म परिवर्तनलाई अपराधसँग जोडेको छ । जुन ऐन आगामी भदौ महिनादेखि लागू हुँदैछ । यस कसुर अनुसार धर्म परिवर्तन गराउनेलाई पाँच वर्ष जेल र ५० हजार जरिबाना तोकेको छ ।  धर्म परिवर्तन गर्नु र धार्मिक गतिविधि गर्नु भनेको अपराध गर्नु हो भनेको छ मेरो देशको संविधान र कानुनले ।

अमेरिकनः ए हो र ? त्यसो पो ? तपाईको देशमा धर्म परिवर्तन जस्तो पवित्र कार्य गराउनेलाई त यस्तो कठोर कानुन छ भने हत्या, हिंसा, भ्रष्टाचार र अपराधिक क्रियाकलापमा संलग्नहरुलाई त झन कस्तो कठोर कानुन होला है  ?

नेपालीः अमेरिकन मित्रले तपाईले बडा गजबको कुराको उठान गरिदिनु भयो आज । तपाईको यो प्रश्नले धर्म परिवर्तनलाई अपराधसँग जोड्ने कानुन निमार्णमा सहयोग पु¥याउनेहरु र देशको सरकारलाई सम्झेर मेरा आखाँ रसाएका छन् यती बेला । तपाईले सोचेको भन्दा फरक छ मेरो देशमा कानुन । 

मेरो देशमा भ्रष्टाचारीहरु जेल मुक्त हुँदा उनीहरुलाई पचास किलोको फूलमालाले स्वागत गरिने देश हो । हत्या, हिंसा र अपराधिक क्रियाकलापमा संलग्नहरु मेरो देशका नेताहरु तथा सरकारले आम माफी दिन्छ । तर धर्म जस्तो पवित्र कार्य गर्ने धर्म परिवर्तन गराउँनेहरुलाई कानुन वनाई पाँच वर्षको जेल सजायको कानुन लाद्ने मेरो देश हो यो ।

अमेरिकनः ओ हो । साह्ै दुख लाग्यो तपाईको कुरा सुनेर । अनी तपाईको देशमा मानिसको धर्म परिवर्तन गराउन नपाउने कडा कानुन रहिछ । अनी यही कानुन वनाउने राजनीतिक दलका नेताहरुले पनि जनता तथा कार्यकर्तालाई पार्टी पनि परिवर्तन गर्न नपाउँने कानुन वनाएका होलान है त्यसो भए ?

नेपालीः आजलाई हाम्रो छलफल अन्त गरौ होला । किनभने कुरा ग¥यो भने मलाई मेरो देशका नेता तथा सत्तासिन नेता तथा सरकारदेखि रिस उठेर आउँछ । नेताहरुलाई यो विषय फेरी अपच होला । यो प्रश्नोत्तरमा सहभागी हुँदा पनि मलाई डर पो लागि रहेछ अमेरिकन मित्रज्यू । मलाई फेरी धर्म परिवर्तन गरेको मुद्दा लाग्ला नी कतै । तर पनि तपाईले प्रश्न गरिहाल्नु भयो म त्यसको उत्तर दिनु मेरो दायित्व ठान्छु यती वेला । 

मैली अघि नै भनि सके नी । तपाईको देशको जस्तो कानुन मेरो देशमा छैन् । किन थाहा छ ? तपाईको देशमा तपाईका जनताको मानव अधिकारको उच्च सम्मान गरिन्छ र त्यही अनुकुल कानुन वन्छ होला अनी धार्मिक समूहलाई उच्च सम्मान गरिन्छ, तर मेरो देशमा यस्तो लाजमर्दो कानुन उत्तर र दक्षिणकाले वनाउँन दबाब दिन्छन् सत्तासिन नेताहरुलाई । उत्तरका र दक्षिणकाले जे भन्यो त्यही हुन्छ मेरो देशमा । आफ्नो जनताको चाहाना र अधिकारलाई सम्मान गरिन्न यो देशमा । कस्तो कानुन ल्याउदा जनताको लागि हितकारी हुन्छ त्यता तिर विश्लेषण गरिन्न, उनीहरुले जे लादे त्यही कानुन वन् छ मेरो देशमा । त्यसो नगरे सत्ता टिक्न मुस्किल हुन्छ रे नी त । 

नेताहरुलाई आफ्नो सत्ता टिकाउँने स्वार्थमा पार्टी परिवर्तन गर्ने गराउँने छुट छ मेरो देशमा तर जनताले आफूले चाहेको धर्म परिवर्तन गराउन छुट छैन् मेरो देशमा । किनभने नेपाली जनता र कार्यकर्ताले हरेक वर्षमा पार्टी परिवर्तन गरे भने सत्तामा पुग्न सकिन्न होला नी त  त्यसैले पार्टी पनिरवर्तन गर्न छुट हुन्छ मेरो देशमा ।

अमेरिकनः अनी तपाईको देश यूएनको सदस्य राष्ट्र होइन र ?

नेपालीः हो नी । मेरो देश उहिल्यै यूएनको सम्मानित सदस्य राष्ट्र वनेको हो नी । 

अमेरिकनः त्यसो भए । तपाईको देशको फौजदारी ऐन ०७४ परिच्छेद ९ र संविधानको धारा २६ को केही वुँदा त अन्तराष्ट्रिय सन्धी अनुुसार त त्यस विपरित भयो नी त ? 

नेपालीः हजूर हो नी । मेरो देश त यूएनको सम्मानित सदस्य राष्ट्र हो । त्यती मात्र काहाँ हो र ? संयुक्त राष्ट्रसंघ नागरिक तथा राजनैतिक अधिकार (आइसिसिपिआर) को धारा १८ र संयुक्त राष्ट्रसंघ बडापत्र (यूएचडिआर)को धारा १८ अनुसार नेपालको संविधानको धारा २६ र फौजदारी ऐन २०७४ परिच्छेद ९ मा उल्लेख भएका सवै प्रावधानहरु यसका विपरित छन् । फेरी मेरो देशका सत्तासिन नेताहरुलाई यूएचडिआर र आइसिसिपिआरमा के लेखेको छ र यूएनको सदस्य राष्टू हुँ यस्ता सन्धीका विरुद्ध देशमा कानुन ल्याउनु हुन्न भन्ने कत्ति पनि हेक्का छैन बरु त्यो भन्दा उत्तर र दक्षिणकाले के भन्छन् त्यसैको भर र त्यसैको डर छ मेरा देशका नेताहरुलाई । 

अमेरिकनः ओ हो बडा गजवको कुरा गर्नु भयो तपाईले । आजलाई आजको यो धार्मिक छलफलमा सहभागी भइ दिनुभएको लागि धन्यावाद ।

नेपालीः तपाईलाई पनि धन्यवाद । यती गहन कुराका आजको यो अन्तर्वार्तामा उठान गरिदिनु भयो । यो अन्तर्वार्ताको मर्म तपाईको देशको राष्ट्रपतिलाई पनि सुनाइदिनु भयो भने आभारी हुने थिए म ।

प्रस्तुतीः कुमारसिंह विष्ट