पाँचथरको चर्चमा पनि आगजनी

turahi-news

तुरही न्यूज । २८ वैशाख ०७५ । वाँके जिल्लाको कोहलपुरस्थित सेन्ट जोशेफ चर्चमा आगजनी भएको एक साता नवित्दै पाँचथर जिल्लाको चौचारा हिलिहाङस्थित हेब्रोन चर्चमा पनि विहिबार राती करिव ३ बजे अज्ञात समूहले आगजनि गरेको छ ।  
प्रहरीका अनुसार आगजनीबाट मानविय क्षत भएको छैन् भने चर्च भवन भित्रका कार्पेट, फर्निचर लगायत वाद्यवादनका सामग्रीहरु जलेर नष्ट भएका छन् । समाचार श्रोतका अनुसार करिव तीन बजे राती अज्ञात समूहले चर्चको झयाल फोडी चर्च भित्र प्रवेश गरि आगजनी गरि फरार भएका थिए । करिव चार बजे छिमेकीले चर्चमा धुवाँको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको बताइएको छ । करिव चार बजे स्थानिय जनता र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो । 
 
तेह्थुमबाट ६ जना पक्राउ
 
त्यसै गरि तेह्थुम जिल्लाको आठराई गाउँपालिकाबाट सुसमाचारमा हिडेका करिव छ जना ख्रीष्टियान धर्मावलम्वीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरि रहेको कुरा धार्मिक चौचारी नेपालका संयोजक विपि खनालले तुरही न्यूजलाई बताउनु भएको छ । 
 
पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने ४४ वर्षीय मनतुला धिमाल, भारतको सिक्किम राज्य गान्तोक बस्ने ४० वर्षीय भूपाल राई र पश्चिम बंगाल राज्य बस्ने ३३ वर्षीय पवन राई रहेको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारले जनाएको छ । 
सङ्क्रान्तिबजारमा यही बुधबार दिउँसो सुसमाचार प्रचारप्रसार गर्दै हिँडेका भनिएका धर्मावलम्बीलाई भारतीय नम्बर प्लेट भएको गाडीसहित स्थानीय सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले बताउँनुभयो । पक्राउ परेकालाई विहिबार सार्वजनिक गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाइएको छ ।