डोटीको इम्मानुएल चर्चमा आगजनी

turahi-news

कुमारसिंह विष्ट । २९ वैशाख । काठमाडौं । पछिल्लो समय नेपालका चर्चहरुलाई केन्द्रित गरेर अज्ञात समूहद्धारा चर्चमा श्रृखलावद्धरुपमा आगजनीका घटना घटाइएका छन् । 
 
गत शुक्रबार ९२१वैशाख० कोहलपुरको सेन्ट जोशेफ क्याथोलिक चर्चमा अज्ञात समूहद्धारा आगजनी गराइएको एक साता नवित्दै फेरी यही विहिबार राती ९२७ वैशाख० पाँचथरको हेब्रोन चर्चमा पनि अज्ञात समूहद्धारा आगजनी गरिएसँगै सुदूर पश्चिमको ७ नं।प्रदेशको डोटी जिल्लाको जोरायल गाउँपालिका वाड नं २ बुडरस्थित इम्मानुएल चर्चमा त्यही प्रकृतीको घटना घटेको छ, त्याहाँस्थित इम्मानुएल चर्चमा अज्ञात समूहद्वारा आगजनी गरिएको समाचार प्राप्त भएको छ । 
इम्मानुएल चर्चका पास्टर श्याम थापासँग तुरही न्यूजले गरेको टेलिफोन वार्ताका अनुसार हिजो राती दस बजे चर्चको मुख्यद्धारमा अज्ञात समूहद्धारा आगजनी गरि करिव २ लाख वरावरको क्षती पुगेको छ । श्रोतका अनुसार आगजनीबाट मानविय क्षती भने हुन पाएन । पास्टर थापाले आगजनी कसले र किन गराइयो आफूलाई थाहा नभएको बताउँनु भयो ।
राती दस वजे चर्चमा धुवाँको मुस्लो देखेपछि पास्टर थापाले तत्काल प्रहरीलाई खवर गरेका थिए । घटना घटेको केही मिनेटमा प्रहरी घटनास्थलमा पुगी आगोलाई नियन्त्रणमा लिएपछि चर्च भवन पुरै आगलागीबाट जोगिएको वुझिएको छ । 
 
श्रोतका अनुसार इलाका प्रहरी कार्यालय बुडरले घटनाको सत्य तथ्य पत्ता लगाउन अनुसधान जारी राखेको बताइएको छ । 
धार्मिक चौचारी नेपालका अध्यक्ष टंक सुवेदीले पछिल्लो समय नेपालका विभिन्न चर्चमा श्रृखलावद्धरुपमा आगजनी गराइनु धार्मिक वितण्डता मच्चाउने कुनै अपराधिक समूहको सुनियोजित योजना भएकोले नेपाल सरकारले यससँग संलग्न अपराधीहरुलाई यथाशिघ्र कानुनको दायरामा ल्याई उनीहरुलाई कारवाही गर्नुपर्ने र चर्चको क्षतीपुर्ती दिनु पर्ने बताउँनु भयो । 
 
उहाँले हिन्दु गुरु श्रीनिवासाचार्यले आफूले आफूलाई गोली हान्दा सम्पूर्ण उपचार खर्चको व्यवस्था गर्छु भन्ने नेपाल सरकारले पछिल्लो समयमा विभिन्न चर्चमा भएको आगजनीको क्षतिपुर्तीको पनि व्यवस्था गर्नु पर्ने जिकिर गर्नुभयो । तस्बिरः श्याम थापा, बुडर, डोटी