धनगढीको महिमा चर्चमा बम विस्फोट

turahi-news

कुमारसिंह विष्ट (काठमाडौं) र भरत कुँवर (कैलालीबाट) । ३० वैशाख । धनगढी उपमहानगरपालिका वडा नं.०४ तारानगरस्थित महिमा चर्चमा हिजोराती करिव एघार बजे अज्ञात समूहद्धारा बम विस्फोट गराइएको छ । बम विस्फोटबाट मानविय क्षति नभएको बताइएको छ ।
चर्चका पास्टर विरेन्द्र करियाका अनुसार शनिबार (२९ वैशाख) राती करिव एघार बजे एक अज्ञात समूहले चर्चको भ्याल फोडी चर्च भित्र प्रवेश गरि बम विस्फोट गराएको  हो । जिल्ला प्रहरी कार्यालय धनगढीले चर्चमा अज्ञात समूहले प्रेसर कुकर बम प्रहार गरेको जनाएको छ । 
श्रोताका अनुसार चर्चमा बम प्रहार भएको केही मिनेटमै प्रहरी घटनास्थलमा आइ पुगेको थियो । महिमा चर्चमा बम प्रहारमा संलग्न अपराधीहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढीले आजै अनुुसन्धान थाल्ने जनाइएको छ । चर्चका किन र कसले बम प्रहार गरयो भन्ने यकिन हुन सकेको छैन् ।
बम प्रहारबाट चर्चका तीन ओटा झयाल, एक थान स्टील दराज, र केही टेबुलमा क्षती पुगेको छ चर्चका पास्टर करियाले तुरही न्यूजलाई बताउनु भएको छ ।
अज्ञात समूहद्धारा हिजो राती करिव ११ बजे धनगढी तारानगरस्थित महिमा चर्चमा बम विस्फोट गरेको छ । 
महिमा चर्च सन् १९८० मा स्थापना भएको हो । यो चर्च भवन चारैतिर पर्खाल लगाईएको चार कठ्ठा क्षेत्रफलमा निमार्णाधिन छ । महिमा चर्च एनसिएफ नेपालको सदस्य चर्च हो ।
कैलाली ख्रीष्टिय एकता समाजका अध्यक्ष रेभ.पास्टर जोशेफ श्रेष्ठले महिमा चर्चमाथि भएको बम विस्फोटले  सिंगो नेपाली चर्चलाई आतंकित बनाउँन खोजे पनि नेपाली चर्चहरुको सुरक्षाको लागि देशभरका चर्चहरु प्रार्थनामा जुट्नुको विकल्प नरहेको बताउँनु भएको छ । 
धार्मिक चौतारी नेपालका अध्यक्ष टंक सुेवदीले चर्चमाथि बम विस्फोट गरेर धार्मिक द्धन्द्ध निमत्याउँन  खोजेको आरोप लगाउँनु भएको छ । उहाँले नेपाली चर्चहरुको नेपाल सरकार गृह मन्त्रालयले सुरक्षाको ग्यारेण्टी लिनु पर्ने बताउँनु भएको छ । 
 
अध्यक्ष सुवेदीले यती वेला नेपालका चर्चहरु प्रार्थनामा एक भई देशभरका मण्डलीको सुरक्षाको लागि परमेश्वरसँग प्रार्थनामा समय विताउँनलाई सुझाउनु भएको छ । उहाँले चर्चमा आगजनी गर्ने र बम विस्फोट गर्ने समूहलाई चर्चले क्षमा दिनुपर्ने बताउँनु भयो ।