कंचनपुरको इम्मानुएल प्रार्थना चर्चमा पनि आगजनी

turahi-news

कुमारसिंह विष्ट/निराजन मोक्तान । काठमाडौं । ३० बैसाख, कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.२ बंकस्थित इम्मानुएल प्रार्थना चर्च (घर)मा यही शुक्रबार अज्ञात समूहद्धारा आगजनी गरिएको छ । 
 
चर्चका पास्टर धिरेन्द्र रानाले तुरही न्यूजलाई दिनु भएको जानकारी अनुसार शुक्रबार राती अज्ञात समूह चर्चमा प्रवेश गरि चर्चमा आगजनी गरेको हो । उहाँले शनिबार विहान आठ बजे चर्चमा बाल संगति गर्न जाँदा चर्च भित्रका फर्निचरहरु जलिरहेको अवस्थामा देखेपछि मात्र चर्चमा आगजनी भएको आफूलाई थाहा भएको बताउँनु भयो । आगजनीबाट चर्च भित्रका फर्निचरहरु र कार्पेट जलेर नष्ट भएको बताइएको छ । आगजनीबाट करिव एक लाख वरावरको क्षती भएको चर्चका पास्टर चौधरीले बताउँनु भयो ।