शिक्षाविद प्रा.डा.राजेन्द्र रोगोंगको ८८ वर्षको उमरेमा प्रभुमा विश्राम

turahi-news

 
तुरही न्यूज । नेपाली इसाई मण्डली धोविघाट ललितपुरका पास्टर तथा शिक्षाविद डा.राजेन्द्रकुमार रोगोंग ८८ वर्षको उमेरमा आज वुधबार (०२जेठ) विहान ५ः३० बजे प्रभुमा विश्राम लिनुभएको छ । उहाँको आज विहान वुधबार पाटन अस्पतालमा उपचारकाक्राममा निधन भएको नेपाली इसाई मण्डलीका एल्डर विएन पंडितले तुरही न्यूजलाई जानकारी गराउनु भयो ।
 
डा.रोगोंग विगत लामो समयदेखि फोक्सो, मुटुको रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँ नेपाली इसाई समुदायका विद्धान व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ नेपालबाट अंग्रेजी साहित्य विषयमा स्नातक गर्ने पहिलो विद्यार्थी हुनुहुन्थ्यो । उहाँले लामो समय त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन गराउँनु भई रिटायर्ड पछि, पछिल्लो समय नेइम धोविघाट चर्चको पूर्णकालिन पास्टरिया सेवामा रहनु भएको थियो ।
 
नेपाल ख्रीष्टिय समाजको वार्षिकोत्सवमा नेपालको चर्च इतिहासको वारेमा वोल्नुहुँदै डा. रोगोंग । फाइल भिडियो-ओक्टुबर २०१७ ।
 
जेठ ४ गते शुक्रबार अपराह्न १ बजे डा.रोगोंगको नेइम ज्ञानेश्वर चर्चमा अनत्यष्टी सेवा हुने ।
 
एकता वुक्सका प्रमुख तथा पाटन चर्चका एल्डर रामचन्द्र (आरसी) तिमोथीका अनुसार स्वर्गीय डा.रोगोंगको पार्थिक शरीरलाई आगामी शुक्रबार (०४जेठ,०७५) अपराह्न १ बजे कालोपुल, ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चमा ल्याई अनत्यष्टी सेवा गरिने छ । तिमोथीले उहाँको मृत्यु सेवामा डा.रोगोंगका सहपाठी, इष्टमित्र लगायत राजधानीका चर्चका पास्टरअगुवाहरु र शुभचिन्चक सहभागी भई दिन अनुरोध समेत गर्नु भएको छ ।
 
यो समाचार तयार पार्दासम्म उहाँको पार्थिव शरीरलाइ पाटन अस्पतालमै सुरक्षित राखिएको छ । उहाँको जन्म वि.सं.१९८७ साल बैशाख १२ गते (सन् १९३०, अप्रिल २४) कालिङपोङमा भएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरीहरु छन् । काठमाडौंस्थित नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्च स्थापना गर्नमा डा. रोगोंगको उल्लेख्य योगदान छ । उहाँले पाठ्यक्रम (करिकुलम) विषयमा अमेरिकाबाट विद्यावारिधी गर्नु भएको थियो । 
उहाँले लामो समय काठमाडौंस्थित शिक्षा क्याम्पसको क्याम्पस चिफ भएर र त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास गर्नमा थुप्र्रै वर्ष सेवा गर्नु भएको थियो । उहाँले नेपाल स्काउटको नेपाल प्रमुख भएर पनि सेवा गर्नु भएको थियो ।
 
पास्टर रुपनारायण तिम्सिनाले नेपाल सरकारकारको कर्मचारी भएर पंचायतकालदेखि नै निडर भएर नेपालको शिक्षाको क्षेत्रमा सेवा पु¥याउने नेपाली इसाई समुदायका उहाँभन्दा ठूलो व्यक्ति नेपाली इसाई समुदायमा नभएको भन्दै उहाँको निधनले नेपाली इसाई समुदायलाई ठूलो क्षती पुगेको टिप्पणी गर्नु भयो ।