नवोदय दर्शन मण्डलीले विविध कार्यक्रम गरि मनायो रजत महोत्सव

turahi-news

हिक्मत चौधरी, काठमाडौं, १५ जेठ । टेकुस्थित नवोदय दर्शन मण्डलीले आफ्नो स्थापनाको रजत महोत्सव विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । यही मंगलबार (जेठ १५ गते) स्थापनाको पच्चिस वर्षगाँठको अवसर पारेर मण्डली व्यवस्थापन समितिले रजत महोत्सव मनाएको हो ।
रजत महोत्सवका प्रमुख अतिथि नवोदय मण्डली धोवीघाटका पास्टर चन्द्रमान नेपाली हुनुहुन्थ्यो । उहाँले महोत्सवमा अर्थपूर्ण वचनको सेवा प्रदान गर्नुभयो । त्यसक्रममा उहाँले मण्डलीलाई बधाई दिदैं अब दर्शन मण्डलीले काँचुली फेर्नु पर्ने भन्नुभयो । उहाँले जसरी येशू ख्रीष्ट वुद्धि, कद र परमेश्वरको अनुग्रहमा वढ्दै जानुभयो त्यसरी नै दर्शन मण्डली पनि बढ्दै जानुपर्ने कुरामा जोड दिनुभयो । उहाँले समय सापेक्ष मण्डली रुपान्तरित हुनुपर्ने बताउँनु भयो ।
रजत महोत्सवमा २५ वर्ष अघि नवोदय दर्शन मण्डली स्थापनार्थ सहयोग पु¥याउने सोही मण्डलीका संस्थापकद्धय श्रीमती सुन्तली नगराकोटी र हिरालाल नगरकोटी दम्पतिलाई मण्डलीले दोसल्ला तथा कदर पत्रले सम्मान गरेको थियो । 
मण्डलीकी सदस्य निरु श्रेष्ठले गीत प्रस्तुत गर्नुभयो भने मण्डलीका यूवायूवती लगायत बाल संगतिका बालबालिकाहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए ।
नवोदय मण्डली धोवीघाटका पास्टर हिमाल थापाले शुरुको प्रार्थना गरेपछि रजत महोत्सव शुरु भएको थियो । आमन्त्रित पाहुनाहरुलाई सोही मण्डलीका एल्डर रवि वुढाथोकीले स्वागत गर्नुभयो भने उहाँले नै मण्डलीको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
त्यसैगरि मण्डलीका डिकन कृष्ण श्रेष्ठले मण्डलीको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमको अन्तिम प्रार्थना सोही मण्डलीका पास्टर सुरेन्द्रकुमार रञ्जीतले गर्नुभयो ।