‘यूके नेपाली ख्रीष्टियान यूथ वर्शिप मिडिया’ कन्फ्रेन्सको तयारी पूरा

turahi-news

कुमारसिंह विष्ट, लन्डन । १ जुन, २०१८ । नेपाली ख्रीष्टियान काउन्सिल यूनाइटेड किंगडम (एनसिसियूके)को आयोजनामा लन्डन अस्ट्रासटस्थित अम्पाएर बेनक्यूट हलमा आयोजना हुने एक दिने ‘यूके नेपाली ख्रीष्टियान यूथ वर्शिप मिडिया कन्फ्रेन्स २०१८’ को तयारी पूरा भएको छ । भोली शनिबार याहाँको स्थानीय समय अनुसार विहान १० बजे यो सम्मेलन संचालन हुने छ ।
 
सम्मेलनका संयोजक तथा एनसीसीयूके यूवा विभाग प्रमुख रेभरेण्ड दोर्जे तिमोथी लामाले यूकेका नेपालीभाषी चर्चहरुको वहुप्रतिक्षित यूवा सम्मेलनको तयारी पूरा भएको तुरही न्यूजसँगको कुराकानीमा बताउँनु भएको छ ।
 
‘यूके नेपाली ख्रीष्टियान यूथ वर्शिप मिडिया कन्फ्रेन्स २०१८’ एक दिने सम्मेलनमा यूनाइटेड किंगडमभरि रहेका एनसिसियूके लगायत अन्य विभिन्न नेपालीभाषी चर्चहरुबाट चार सय वढि यूवायूवतीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । 
 
सम्मेलनमा एनसीसीयूकेका पदाधीकारीहरु र साथै त्यहाँ भएका विभिन्न नेपालीभाषी चर्चका पास्टरअगुवाहरुको पनि सहभागीता रहने कुरा सम्मेलनका संयोजक रेभरेण्ड तिमोथी लामाले आज तुरही न्यूजसँगको कुराकानीमा बताउँनु भएको छ । सम्मेलनको आराधनाको अगुवाइ एनसीसीयूकेको संगित झुण्डले गर्नेछ ।
 
उक्त सम्मेलनका लागि नेपालबाट लोकप्रिय यूवा गायक एड्रिन देवान र गुडन्यूज एफएम रेडियो काठमाडौंबाट स्टेशन मेनेजर कुमारसिंह विष्ट हिजो कार्यक्रम स्थल लण्डनमा पुगी सक्नु भएको छ । सम्मेलनमा गायक देवानले आफ्ना एक दर्जन जति लाइभ भजन गीतहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने रेडियोकर्मी कुमारसिंह विष्टले चर्चमा मिडियाको महत्व विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यसैगरि उहाँले यहाँस्थित रेडियो उपहारको स्टुडियोमा यही आइतबार रेडियो उद्घोषण तालिम प्रदान गर्नुहुनेछ ।
 
श्रोतका अनुसार एनसिसियूकेको वार्षिक कार्यक्रम मध्येमा यो सम्मेलन पनि पर्ने भएकोले यो एक दिने सम्मेलनलाई त्यहाँका चर्चहरुले निकै चाँसोका साथ प्रतिक्षा गरिरहेका छन् । 
एनसीसीयूके यूकेमा भएका नेपालीभाषी चर्चहरुको साझा संगठन हो । जसमा याहाँका दुई दर्जन वढि चर्चहरु आबद्ध छन् । तस्बिरमा भोलीको तयारी गर्दै यहााँस्थित लन्डन फेमेली सेन्टर चर्चमा एनसीसीयूकेका संगित समूह ।