लण्डनमा गायक एड्रिन देवानले भने–‘म आफै तात्तिएर नेपाल फर्किदै छु ’

turahi-news

कुमारसिंह विष्ट,लण्डन । ५ जुन २०१८ । लोकप्रिय गायक एड्रिन देवानले लण्डनका नेपालीभाषी पास्टरअगुवाहरु तथा मण्डलीका सदस्यहरुसँगको आत्मिक न्यायानोपनले उल्टो आफै आत्मिकरुपमा तात्तिएर(न्यानोपन) नेपाल फर्किन लागेको बताउँनु भएको छ । 
 
यही जुन दुई तारिख नेपाली ख्रीष्टियान काउन्सिल यूनाइटेड किंङडम (एनसीसीयूके) यूवा समितिद्धारा लण्डनमा आयोजित एक दिने वर्शिप एण्ड मिडिया सम्मेलनमा सहभागी भएर नेपाल फर्कनेक्रममा लण्डनस्थित हेद्रो एयरपोर्टमा एनसीसीयूकेका पदाधीकारीहरुसँग गायक देवानले उक्त कुरा कुरा बताउँनु भएको हो ।
 
एनसीसीयूकेका सचिव रेभरेण्ड कुमार रसाईली, एनसीसीयूकेका सांगीतिक ब्यांडका प्रमुख गायक रेभरेण्ड आशिष् राज, सुवर्ण पुन (गिटारिस्ट),पास्टर महेन्द्र, प्रबिन राई लगायतकाहरु गायक देवानलाई विदाइ गर्न याहाँस्थित हेद्रो एयरपोर्टमा पुग्नु भएको थियो ।
 
एनसीसीयूकेको आयोजनामा याहाँस्थित लण्डनमा आयोजित एक दिने यूवा सम्मेलनमा आफ्ना गीतहरु प्रस्तुती तथा संगतिकाक्रममा–‘याहाँका नेपाली चर्चहरुको सहभागीता, एनसीसीयूकेका पदाधीकारीहरुले चर्चका यूवायूवतीहरुलाई दिएको असल जिम्मेवारी र स्थान, यूवायूवतीहरुको संगतिप्रतिको तृष्णा देख्दा साथै उहाँहरुको सेवा, सत्कार र सम्मानले गायक देवानले ‘म आफैं पनि आत्मिकरुपमा जोशिलो हुँदै तात्तिएर नेपाल फर्कन लागेको’ टिप्पणी गर्नु भएको हो’ ।
 
सम्मेलनमा सहभागी पास्टरअगुवासाथै विभिन्न चर्चका बालबालिकासहित करिव पाँच सय यूवायूवतीहरु गायक एड्रिन देवानको गीतहरुबाट आशिष्ति हुने अवसर पाएको र वचन प्रचारबाट पनि आशिषित् भएको कुरा तुरहीलाई बताउँनु भएको छ ।
एड्रिन देवानको लाइभ प्रस्तुतीमा किबोर्डमा एन्जीला तामाङ र आशिष् गहतराजले साथ दिनुभएको थियो भने बास र भोकलमा सिमा तामाङ र लिड गिटारमा सुवर्ण पुनले साथ दिनु भएको थियो भने ड्रममा बलिई एसिकिन र शिशिर तामाङ, अकस्टिक गितारमा एल्सोन लिम्बु, गिटार र भोकलमा जोन शर्माले साथ दिनु भएको थियो ।
 
त्यसैगरि ब्याक भोकलमा सुजता राई, एलिसिवा गुरुङ, साजनी गुरुङ, साधना राई, सारा गिरी र निना गुरुङले साथ दिनु भएको थियो ।
 
आफ्नो एक हप्ते लण्डनको सांगीतिक यात्रा सकेर गायक एड्रिन देवान यसै साता नेपाल फर्कि सक्नु भएको छ । गीत प्रस्तुतीकाक्रममा अन्य मुलुकमा समेत पुगी सक्ुन भएका गायक देवानले लन्डनको एक दिने सम्मेलन निकै आशिषित् र अन्य देशको तुलनामा सवैभन्दा धेरै जन सहभागीता रहेको बताउँनु भएको छ । 
सम्मेलनमा आर्टिस्टकोरुपमा निमत्याइएका गायक देवान एनसीसीयूके यूवा समितिका प्रमुख रेभरेण्ड दोर्जे तिमोथी लामाको निम्तोमा एक दिने सम्मेलनमा सहभागी हुँदा र याहाँका चर्चका पास्टरअगुवाहरुसँगको एक हप्ताको संगति आफ्ना लागि निकै आशिष्ति भएको बताउँनु भयो । 
 
लन्डन छोड्नु अघि उहाँले तुरहीका सम्पादक तथा रेडियोकर्मि कुमारसिंह विष्टसँग कुरा गर्दै याहाँका चर्चहरुको न्यानो माया देखेर आफ्नो आत्मिक जीवनमा ठूलो टेवा पुग्ने दावी गर्नुभयो ।
 
एक दिने यूके नेपाली ख्रीष्टियान यूथ वर्शिप एण्ड मिडिया कन्फ्रेन्स २०१८ सम्मेलन एनसीसीयूके यूवा समिति प्रमुख रेभरेण्ड दोर्जे तिमोथी लामाको कुशल व्यवस्थापनमा आशिष्मय प्रकारले सुसम्पन्न भएको छ ।