मेरिल्याण्डको गोस्पल म्यूजिक कन्सर्टमा अन्जु पन्तको प्रस्तुती हुने

turahi-news

कुमारसिंह विष्ट । लण्डन,इङल्याण्ड । १० जुन २०१८ । अमेरिका मेरिल्याण्डस्थित हिमालयन ब्याप्टिस्ट चर्चको आयोजनामा अमेरिकाको मेरिल्याण्ड गेटेुसबर्गमा एक दिने गोस्पल कन्सर्टको आयोजना हुने भएको छ । 
सुसमाचारिय भनिएको उक्त सांगीतिक कार्यक्रममा लोकप्रिय गायिका अन्जु पन्तले आफ्ना विभिन्न ख्रीष्टिय भजन गीतहरु प्रस्तुत गर्नुहुनेछ भने रेभरेण्ड दानिएल सुब्बाले वचनको सेवा दिनुहुनेछ । सांगीतिक कार्यक्रम यही जुन १७ तारिख साँझ ६ः३० बजे शुरु भएर रातको ९ः३० बजे समापन हुने भएको छ ।
 
अमेरिकास्थित हिमालयन ब्याप्टिस्ट चर्चका वरिष्ठ पास्टर डा.प्रकाशमेघी गुरुङले तुरही न्यूजलाई दिनुभएको जानकारी अनुसार उक्त सांगीतिक कार्यक्रमको लागि अन्तिम चरणको तयारी पूरा भइसकेको छ । कार्यक्रममा ‘गायिका अन्जु पन्त आउने भन्ने थाहा पाएपछि त्यस शहरका नेपालीभाषीहरु उक्त दिन सहभागी हुन आत्तुर भएका छन्’– पास्टर डा.गुरुङले तुरहीलाई भन्नुभयो ।
 
त्यसैगरि उक्त सागीतिक कार्यक्रममा लोक गायकगायिक लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलले पनि लोक भजन गीत प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । उक्त सुसमाचारिय सांगीतिक कार्यक्रममा मेरिल्याण्ड वरपर रहने नेपालीभाषी चर्चहरुका सदस्यहरु र गैह् इसाईहरु सहभागी हुनका लागि सम्मेलनका संयोजक डा.गुरुङले तुरही न्यूजमार्फत आव्हान गर्नु भएको छ । 
 
सांगीतिक कार्यक्रममा निशुल्क प्रवेश हो जोकाही पनि सहभागी हुन सक्नेछन् ।
 
यदी तपाई पनि मेरिल्याण्ड वरपर कतै पनि हुनुहुन्छ भने यो सांगीतिक कार्यक्रममा सहभागी हुन चाहानुहुन्छ भने तलको लिंकमा गएर कार्यक्रमका संयोजक रेभरेण्ड प्रकाशमेघी गुरुङको फेसबुक लिंकमा थिच्नुहोस् र सम्पर्क गर्नुहास् ।