रोल्पामा बृहत आत्मिकि जागृति सम्मेलन सम्पन्न

turahi-news

तुरही संवाददाता, काठमाडौं । स्तुति प्रशंसा चर्च सिमपानी रोल्पाको आयोजनामा दुई दिने आत्मिकि जागृति सम्मेलन यहि जेष्ठ २४ र २५ गते सम्पन्न भयो । उक्त कार्यक्रममा  १९ चर्चहरूको सहभागितारहेको थियो । 
 
दुइ दिन सम्म चलेको उक्त कार्यक्रममा  स्तुति प्रशंसा चर्चको नव निर्मित भवनको उद्घाटन  प्रशंसा चर्च लमही दाङका बरिष्ठ पाष्टर लिल बहादुर घर्तिले गर्नु भएको थियो भने आत्मिकि जागृति सम्मेलनका प्रमुख बक्ता रिबाइबल मिनिस्ट्री नेपालका संस्थापक अगुवा डेभिड कैनी हुनुहुन्थ्यो । 
 
अगुवा डेभिड कैनीले पहिलो दिनको सेवामा लेबी ६:८-१३ बाट हाम्रो ह्दयको बेदीमा पबित्र आत्माको आगो जल्नुपर्छ भन्ने चुनौति पुर्ण शिक्षा दिनुभएको थियो। कार्यक्रमको अन्तिम दिनको सेवामा बक्ता कैनीले यहुन्ना ११:१-४४ बाट सिकाउनुभएको थियो। 
 
उक्त सम्मेलनमा पास्टर लिल बहादुर घर्तीले पनि वचनबाट उत्साहित गर्नु भएको थियो। सम्मेलनको अन्तिम चरणमा स्तुति प्रशंसा चर्च रोल्पाका पास्टर बेद मगरले दिने विषयमा उत्साहपूर्ण वचन प्रदान गर्नुभएको थियो ।