एनसीएफएन पश्चिमाञ्चल क्षेत्रीय पास्टरअगुवा सम्मेलन

turahi-news

नयाँ गाउँ,पोखरा, नेशनल चर्चेज फेलोसिफ अफ नेपाल (एनसीएफ) को दुई दिने पास्टरअगुवा सम्मेलन सम्पन्न भएको छ । यही जेठ २३ र २४ गते कास्की पोखरास्थित नयाँ गाउँ चर्चमा एनसीएफ नेपालको पश्चिमाञ्चल क्षेत्रीय पास्टर अगुवा सम्मेलन सम्पन्न भएको हो ।
 
कार्यक्रमको पहिलो दिन पा. वीरबहादुर कार्की, पा. वीरबहादुर तामाङले र दोस्रो दिन पा. ग्रीष्म पराजुली, पा. ढाकाराम बुढामगर र ए. प्रदीप ढुंगानाले प्रशिक्षण दिएका थिए । एनसीएफ नेपाल पश्चिमाञ्चलको आयव्यय विवरण पा. हरिराम घिमिरेले प्रस्तुत गरेका थिए भने प्रत्येक जिल्लाबाट प्रार्थनाको अगुवाइ सहायक पास्टर मुक्ति ढकालले गरेका थिए । कार्यक्रमको दोस्रो दिन हरियो खर्कस्थित कृषि फार्मको अवलोकन भ्रमण गरियो । एनसीएफ नेपाल पश्चिमाञ्चलको प्रतिवेदन एल्ड प्रकाश श्रेष्ठले प्रस्तुत गरेका थिए । सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रका करिब २०० पास्टरअगुवाहरुको सहभागिता थियो ।