रेडियो उपहारद्धारा लण्डनमा रेडियो उद्घोषण तालिम सम्पन्न

turahi-news

तुरही संवाददाता । लण्डन । १३ जुन २०१८ । यहाँस्थित नेपाली ख्रीष्टियान काउन्सिल यूनाइटेड किंगडम(एनसीसीयूके) ले संचालन गरेको अनलाईन ‘रेडियो उपहार’ले एक दिने आधारभुत रेडियो उद्घोषण तालिम सम्पन्न गरेको छ । एक दिने रेडियो उद्घोषण तालिम यसै साता सोमबार(११ जुन) लण्डनस्थित रेडियो उपहारको स्टेशनमा सम्पन्न भएको हो ।
रेडियोकर्मी कुमारसिंह विष्टले एनसीसीयूके अन्तर्गतका विभिन्न नेपालीभाषी चर्चका यूवायूवतीहरुलाई आधारभूत रेडियो उद्घोषण तालिम प्रदान गर्नु भयो । एक दिने रेडियो उद्घोषण तालिममा रेडियोकर्मी विष्टले रेडियो पटकथा कसरी लेख्ने र रेडियो कार्यक्रम उत्पादनका वारेमा प्रयोगात्मक विधिद्धारा प्रशिक्षार्थीहरुलाई सिकाउँनु भयो । 
तालिममा रेडियोकर्मी विष्टले अहिलेको संचारको यूगमा रेडियोमार्फत कसरी प्रभावकारी रेडियो कार्यक्रम उत्पादन गरेर संसारभरि सुसमाचार सुनाउँन सकिन्छ भन्ने विषयमा पनि प्रशिक्षार्थीहरुलाई सिकाउँनु भएको थियो । 
उक्त तालिममा एनसीसीयूके अन्तर्गतका करिव दुई दर्जन जति यूवायुवतीहरुको सहभागीता थियो भने रेडियो उपहारका प्रमुख रेभरेण्ड दोर्जे तिमोथी तामाङ (एनसीसीयूके यूवा समितिका प्रमुख), एनसीसीयूकेका अध्यक्ष पास्टर लिल गुरुङ, एनसीसीयूकेका सचिव पास्टर कुमार रसाईली र एनसीसीयूकेका कोषाध्यक्ष पास्टर चन्द्रकुमार सुनुवारलगायतकाहरुको पनि सहभागीता थियो ।
एक दिने आधारभुत रेडियो उद्घोषण तालिमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी याहास्थित रेडियो उपहारका प्रमुख निर्देशक रेभरेण्ड दोर्जे तिमोथी तामाङले गर्नु भएको थियो । तालिम पश्चात प्रशिक्षार्थीहरुले रेडियो उपहारको स्टेशनमा लाइभ कार्यक्रम प्रस्तुत गरेका थिए ।
 
हालै सम्पन्न यो आधारभुत रेडियो उद्घोषण तालिमले लण्डनका नेपालीभाषी चर्चका यूवायूवतीहरुमा रेडियो उद्घोषणप्रति आकर्षण वढेको देख्न सकिन्छ । याहाँका नेपालीभाषी चर्चका यूवायूवतीहरुमा रेडियो उद्घोषणप्रतिको मोह जागेको कुरा रेडियो उपहारका प्रमुख रेभरेण्ड तिमोथीले बताउँनु भयो ।