Flash News

होशन्ना चर्चका यूवाहरुले गायक देवानलाई भेटेपछि...

turahi-news

तुरही न्यूज । साउन ०७५ । काठमाडौं । गायक एड्रिन देवानका थुपै्र भजन गीतहरु सुनेपछि उनका फ्यान बनेका अमेरिका पेनसिलभिनियास्थित होशन्ना चर्चका छ जना यूवायूवतीहरु गायक एड्रिन देवानलाई प्रत्यक्षरुपमा भेटेपछि निकै हौशिए । कुरा थियो गत बिहीबारको । करिव एक महिना अघि अमेरिकादेखि जन्मुभूमि नेपाल आएका होशन्ना चर्चका ६ जना यूवायूवतीहरुले गायक एड्रिन देवानलाई भेटेपछि उनीसँग तस्बीर मात्र खिंचाएनन् उपहारस्वरुप करिव नौलो एक एल्बम निमार्ण गर्न लाग्ने रकम पनि लिफामा राखेर गायक देवानलाई प्रदान गरे ।
यही विहीबार जाउलाखेलस्थित एक रेष्टुरेण्टमा एक अनौपचारिक चियापान कार्यक्रममा होशन्ना चर्चका ६ यूवायूवतीहरुले गायक एड्रिन देवानलाई भेटी उक्त रकम सामूहिकरुपमा प्रदान गरेका थिए । उपहारस्वरुप केही (करिव एक एल्बम उत्पादन गर्न लाग्नृ खर्च) रकम पाएपछि गायक देवानले उक्त रकम आगामी सांगितीक एल्बममा खर्चिने तुरहीसँग बताए ।
अमेरिकादेखि सेवकाइकोक्रममा झापाको होशन्ना चर्चमा आइ पुगेका ६ जना यूवायूवतीहरुले यही अवसर पारेर गायक देवानसँग भलाकुसारी गर्ने योजना वुनेका थिए । 
होशन्ना चर्चका यूवाहरुको टोलीका संयोजक जेशन भण्डारीले गायक देवानले नेपाली ख्रीष्टियान संगितको क्षेत्रमा पु¥याउनु भएको योगदानको प्रशंसा गर्दै उनलाई केही रकम प्रदान गरेको बताए ।