धर्मको प्रचार नगरे के पाप प्रचार गर्नु ?

turahi-news

प्रसंग हो । ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजनमा यही शनिबार (२६ साउन ०७५) मा रबी लामिछानेद्धारा संचालन गरिएको सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रममा कोटेश्वरस्थित गुड् सेफर्ड स्कूलका प्रिन्सिपलले विद्यार्थीलाई जर्बजस्ती धर्म प्रचार गर्न अभिप्रेरित गरे भन्ने समाचारमूलक सामग्री ।
 
रबी लामीछाने जी विद्यार्थाीलाई धर्मका कुरा प्रचार नगरे के पाप, भ्रष्टाचार,हत्या, हिंसा र का अपहरण शैली, गोलाबारुद बारे प्रचार गर्नु गराउनु ? के स्कूल होस् या विश्वविद्यालयमा होस् पाप होइन धर्म प्रचार गर्न पाउनु पर्छ । किनकि धर्मले नै मानिसलाई नैतिकवान वनाउछ । झन धर्मका कुरा त बाल्यकालदेखि नै आफ्ना बालबालिकालाई सिकाउनु आवश्यक छ हरेक अभिभावक र शिक्षहरुले । मैले यहाँ ख्रीष्टियान धर्मको कुरा मात्र गर्न खोजेको होइन सबै धर्मावलम्वीका कुराहरु स्कूलदेखि विश्वविद्यालयसम्म सिकाउनु पर्छ । अहिले त नेपालमा नेपालका नेताहरुलाई धर्म र धार्मिक्ताको कुरा सिकाउनु नितान्त आवश्यक देखिन्छ । किनकि उनीहरुमा इश्वरको डर नै देखिदैन् । जब मानिसमा इश्वरको डर हुँदैन अनी जहाँ जे गरेपनि हुन्छ भन्ने मानसिकताबाट उ प्रेरित हुन्छ र  धार्मिक जीवन नजिउनाले मानिस हिंसाको बाटो अंगाल्न पुग्छ । 
 
संविधानको धारा २६ ले मानिसले आफूले चाहेको धर्म अंगाल्न पाउने अधिकार सुनिश्चित गरेको छ । मानव अधिकारको विश्वव्यापी घोषणामा पनि यस्तो ‘राईट’ सवै नागरिकलाई हुनेछ भन्ने ग्यारेण्टी गरेको छ । नेपाल देश संयुक्त राष्ट्र संघको सम्मानित सदस्य पनि हो । देश नेपालले आफ्ना नागरिकलाई धर्म छान्न र छोड्न पाउने अधिकार बारेमा सवै किमिमका अन्तराष्ट्रिय सन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । 
 
के शिक्षक, के विद्यार्थीले धार्मिक्ताका कुरा त प्राथमिक्ताका साथ गर्नुपर्छ र सिकाउन पाउनुपर्छ । यो मानिसको फन्डामेन्टल राइट हो । हो, कसैले कसैलाई जर्बजस्त धर्म प्रचार गर्नुहुँदैन र गर्न पाइदैन पनि । यदी कसैले कसैलाई जर्बजस्त धर्म प्रचार गरयो र गर्न लगायो भने यस्का विरुद्ध देशमा विद्यमान कानुन छ । यसो गरेको खण्ड वा चित्त नवुझेको अवस्थामा जोसुकै पनि कानुनी प्रक्रियामा जान सक्छ । यसमा दुई मत छैन् ।
 
तर सवाल धर्मको हो, पापको होइन, धार्मिक्ताको होः अपराधको होइन । धर्म असल हो यो धुब्र सत्य कुरा हो । पाप खराब हो–यो पनि धुब्र सत्य कुरा हो । त्यसो भए मानिसलाई असलको पछि लाग्ने र खराबलाई छोड्ने अधिकार जन्म सिद्ध छ–जसलाई वाक स्वतन्त्रता भन्छौ । इश्वरले मनिसलाई असल र खराब छुटयाउने ज्ञान दिएका छन् । असल गर्ने कुरामा आनिस स्वतन्त्र हुन पाउनु पर्छ । यसका विरुद्ध जोकोही धार्मिक सम्प्रदायका मानिस र देशको कानुन पनि वाधक वन्नुहुदैन् । 
 
आफ्नो छत्रछायाँमा स्कूले शिक्षामा हुर्किदै गरेका विद्यार्थीलाई असल कुरा सिकाउनु संसारको कुनै पनि स्कूलका प्रिन्सिपल वा शिक्षकको नैतिक कत्र्तव्य हो । अब मलाई भन्नुहोस् प्रिन्सिपल वा शिक्षकले आफ्ना विद्यार्थीलाई कुनै पनि धर्मको आधारभुत शिक्षा सिकाउनु उसको नैतिक जिम्मेवारी हो की होइन ? सवै धर्मका सामान्य कुरा त अचेल पाठयपुस्तकमा पनि समाविष्ट छन् नी । फेरी यो कुनै नौलो कुरा पनि त होइन । 
 
त्यसो भए सारा विश्वले असल मान्दै आएको धर्म तथा संस्कृतीको कुरा आफ्ना विद्यार्थीलाई सिकाउनु सेफर्ड स्कूलका प्रिन्सिपलले के अपराध गरे ?( यदी उनले धर्म प्रचार गरेकै हुन भने पनि) टेलिभिजन कार्यक्रम प्रस्तोता भन्छन् ती स्कूलका प्रिन्सिपललाई कडा भन्दा कडा कानुनी कारवाही हुनुपर्छ । 
 
ती स्कूलका प्रिन्सिपललाई किन कारवाही गर्ने ? के अपराध गरेका छन् उनले–प्रार्थना गर्न सिकाएर ? उनले  विद्यार्थीहरुलाई हात, हतियार, बम, बारुद त वोक्न न सिकाएनन् र त्यस बारेमा गलत अभ्यास गर्न त सिकाएका छैनन नी प्रिन्सिपलले । यो कुराको साक्षी त ती नै बालबालिकाहरु र तीनका अभिभावक छन नी । खोई उनीहरुको बाइट्स प्रसारण सामग्रीमा । समाचार सन्तुलित हुनुपर्दैन ? खोई समाचारको विश्वसनियता ? 
 
सेफर्ड स्कूलसँग सम्बन्धीत यो टेलिभिजन प्रसारण सामग्री असन्तुलित छ, पत्रकारीताको नमस् अनुसार पत्रकारले यस्ता सामग्री प्रसारण गर्नुपूर्व दुवै पक्षसँगको अन्तर्वार्ता र श्रोत उल्लेख गर्नु नितान्त आवश्यक मानिन्छ । जुनचाहिँ भिडियो रिपोर्टमा घटनासँग सम्बन्धीत प्रमाणकोरुपमा फुटेज केही नै देखिदैन । यस्ता प्रसारण सामग्रीले आम दर्शकमा टेलिभिजनप्रतिको विश्वसनियतामा नै प्रश्न खडा् गराइदिएको छ । 
 
यदी टेलिभिजन कार्यक्रममा स्कूलले धर्म प्रचार गरेको हो भने पनि, होला प्रिन्सिपलको विवेकमा कुनै दिन विद्यार्थीलाई प्रार्थना गर्न सिकाउनु पर्छ भन्ने भयो होला आफ्ना विद्यार्थीलाई प्रार्थना गर्नलाई प्रेरित गरे होलान रे । यो कसरी अपराध भयो र त्यही पनि शनिबारको दिन ? 
 
बाइबलले भन्छ–बालबालिकालाई अहिले नै उ हिड्नु पर्ने असल मार्गमा हिडाउन सिकाओ ता की उसले त्यो कुरा बृद्ध अवस्था सम्ममा गरिरहन्छ । यसकारण यस्ता कुरा त स्कूलमा मात्र होइन हरेक नेपालीका घर–घरमा साँझ विहान पनि बालबालिकालाई सिकाउनु पर्छ । अहिलेदेखि नै  आफ्ना बालबालिकालाई धार्मिक गतिविधिमा संलग्न गराउनु हरेक अभिभावकको पनि जिम्मेवारी जस्तै हो यो ।
 
शिक्षकले विद्यार्थीलाई पापको प्रचार गर्न उक्साहट गरे वा तत् सम्बन्धी अभ्यास नै गर्न लगाए पो त्यो अपराध भयो –यस्तो कुरा मान्न सकिएला । नत्रता अनाहकमा सेफर्ड स्कूलमा बालबालिकालाई धर्म प्रचार गरियो भनेर धर्म जस्तो पवित्र कुरालाई अपराधसँग जोडेर मिडियाबाजी गर्नु उल्टै ती स्कूले बालबालीकामाथि मनोविज्ञानमा असर पारी उनीहरुको भविष्यमथि खेलवाड गर्नु हो । 
 
यदी विद्यार्थीले प्रार्थना गरेका हुन् भनेपनि स्कूलका विद्यार्थीले प्रार्थना गर्दा कसरी पापको प्रचार भयो र ? समाचार सामग्री निमार्ण गर्दा विश्वनीयता र सन्तुलीत समाचारलाई ध्यान दिनु पर्ने हो । प्रस्तोताकै भाषामा भन्ने हो भने यदी यो स्कूलमा धर्मकै प्रचार भएको हो भने पनि किन यसलाई अपराधसँग जोडिएर सनसनीपूर्ण न्यूज कभर गरियो ? के धर्मको प्रचार गर्नु गलत थियो र ? धर्म गर्नु र मान्नु के यो अपराध हो ? संविधानको कुन धारामा यसबारे उल्लेख छ ? धर्म गर्नु गलत भनेर । 
 
स्कूलमा होस् या विश्वविद्यालयमा यदी विद्यार्थीको ईच्छा अनुरुप हो भने धर्मका कुरा गर्न, सिक्न र सिकाउन देशको संविधान र कानुन पनि वाधक वन्नु हुँदैन । धर्मले देशलाई बनाउ, देशको समृद्धि गर, भाइचारा कायम गर, छिमेकीलाई प्रेम गर, आफ्नो शत्रुलाई आफू झैं प्रम गर, उन्नती गर, प्रगती गर, आमाबुबाको मानसम्मान गर, नम्र बन, हत्या नगरा, हिंसा नगर, शिक्षकको सम्मान गर आदीआदी कुराहरु नै सिकाउने होइन र ? 
 
कुरै गर्ने हो भने स्कूलका हरेक पाठ्यक्रममा धर्मका कुरा अझ प्राथमिकताका साथ राख्नु पर्छ, सिक्नु, सिकाउनु प्रेरित गर्नुपर्छ । 
 
मेरो छोरी ५ वर्षकी भइन, उनी अहिले कक्षा १ मा पढ्छिन् । म उनलाई अहिलेदेखि नै साँझ विहान प्रार्थना गर्न सिकाउँछु । मेरो सन्तानलाई अहिलेदेखि नै असल कुरा शिक्षा दिनु म बाउ भइकन गर्ने मेरो कत्र्तव्य हो । किनकि म चाहान्छु मेरो छोरी अहिलेदखि नै धर्मकर्म गर्ने होस् र उ अहिलेदेखि नै इश्वरको भयमा जीवन यापन गरोस् । म मेरो पँँच वर्षको छोरीलाई अहिलेदेखि नै यस्तो किन गरि रहेको छु त ? म चाहान्छु, मेरो छोरी वुझ्ने अवस्थामा पुग्दासम्म म यो संसारमा किन र के का लागि छु भन्ने जीवनको साँचो अर्थ के हो भन्ने कुराको ज्ञान पाएर उसले भविष्यमा देशको सेवा गरोस् भन्ने । छोरीले प्ले ग्रूप अध्यन सकेपछि मैले राजधानीमा धर्मकर्ममा विश्वास गर्ने स्कूल खोजीखोजी अन्ततः यस्तै स्कूलमा अध्ययन गराई रहेको छु । यो मेरो निम्ति प्रार्थमिकताको कुरा थियो मैले बाउ भइकन त्यही गरे उनको लागि । 
 
विभिन्न अनुसन्धानले के देखाएको छ भने धर्ममा आस्था राख्ने मानिसहरु भन्दा नास्तिकहरु नै हत्या, हिंसामा संल्गन भएको देखाएको छ । म मेरो छोरीलाई भविष्यमा कुनै पनि अपराधीक क्रियाकलापमा संल्गन होस् भन्ने चाहान्न । यसको मतलब सवै नास्तिकहरु त्यस्तै हुन्छन् भनेर भन्न खोजेको पनि होइन । अनी अर्को कुरा कुनै पनि धर्ममा आस्था राख्ने मानिसमा गल्ती हुदैन भन्न खोजेको पनि होइन । 
 
याहाँ कार्यक्रम प्रस्तोताले मानौ यो स्कूलका शिक्षकशिक्षिका वा प्रिन्सिपलले बालबालिकामाथि कुनै ठूलो अन्याय नै गरे । अब ती प्रिन्सिपललाई राज्यले फासी नै दिनुपर्छ भन्ने जसरी समाचार सम्प्रेशण गरेको देखिन्छ । कार्यक्रम प्रस्तोताले प्रार्थना जस्तो पवित्र कुरालाई पाहाड बनाउन खोजेका छन् । 
 
रिपोर्टिङमा धर्म प्रचारको यो भिडियो हेर्नुहोस् भनेर भनिएको छः त्यो स्कूलका प्रिन्सिपलले ठूलै पो अपराध गरेछन् क्या रे भनेर दर्शकलाई भ्रममा पार्न खोजीएको छ । वास्तवमा प्रसारण भएको भिडियो हेर्दा जोकोहीले पनि अनुमान गर्न सक्छ् की रिपोर्टिङमा बढाइचढाई गरे जस्तो उक्त स्कूलमा खासै धर्म प्रचार भएको वा गरिएको केही त्यस्तो अनुमान गर्न सकिन्न । यी संवाददाता त्यो स्कूलमा सत्यतथ्य वुझन जाँदा वास्तमाव टेलिभिजनमा प्रसारण भएको सामग्री शिनबारको दिन स्कूलको चर्चमा भएको प्रार्थनाको भिडियो रहेछ ।  
 
अर्को कुरा, हरेक नयाँ शैक्षिक शत्र शुरु हुँदा राजधानीका सेन्ट जेभियर्स स्कूल र सेन्ट मेरी जस्ता ख्रीष्टियान स्कूलहरुमा दशौं हजार गैह् ख्रीष्टियान अभिभावकले आफ्ना छोराछोरीलाई त्यही पढाउने सपना पाल्छन् । उनीहरुले ती ख्रीष्टियान स्कूलमा नै आफ्ना छोराछोरीलाई किन पढाउन चाहान्छन ? यसको जवाफ छ रबी जी सँग ? यो बारेमा रिपोर्टिङ गर्न सुझाउछु हजूरलाई । यी स्कूलमा पनि हरेक दिन विहान स्कूलको नियमित अध्यापन हुनुपूर्व नै ख्रीष्टियानको प्रार्थना गरिन्छ । सक्नुहुन्छ भने यस्ता स्कूलहरुमा पनि धर्म प्रचार भयो भनेर ‘एल्लो जर्नालिज्म’ को अभ्यास गर । 
 
आँकडाले देखाएको छ, नेपालचाहिँ विश्वमा अरुदेश भन्दा तिव्र गतिमा ख्रीष्यिानिटी वृद्धि भएको देश हो भनेर । कुनै पनि मिडयाले ख्रीष्टियानीटीका बारे समाचार प्रकासन वा प्रसारण गर्नु पूर्व नेपालका गैर इसाईहरु किन ख्रीष्टियान भइ रहेका छन्  र पछिल्लो समय नेपालका लाखौ गैर इसाईहरु किन इसाई भए भन्ने रहस्यको तथ्यगत खोज तथा अनुसन्धान गर्नु जरुरी हुन्छ, नत्र भने रबी लामिछाने जस्तै इसाई बारे सामग्री प्रसारण तथा प्रकासन पछि  आम माफी माग्नु पर्ला । यो कुरा सवै पत्रकारहरुले दिल दिमागले वुझनु आवश्यक छ ।