संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

२६ भदौ ०८० । काठमाडौं । संविधान सभा अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको ह्दयघातका कारण निधन भएको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको मंगलबार राती ह्दयघातबाट निधन भएको जनाइएको छ । 


श्रोतका अनुसार सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरेका नेम्वाङलाई एक्कासी ह्दयघात भएपछि मंगलबार राती करिव एक बजे टिचिङ अस्पताल लगिएको थियो । अस्पताल पु¥याउनवित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । 


यसैबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न दलका नेताहरु टिचिङ अस्पताल पुगी सकेका छन् । श्रोतका अनुसार उनको पार्थिव शरीरलाई आजै पार्टी कार्यालय च्यासलमा राखिने र भोली अपराह्न नै अन्त्यष्टी गरीने छ ।


नेम्वाङ इलाम जिल्ला क्षेत्र नम्बर–२ नेकपा एमालेबाट निर्वाचित सांसद थिए । उनी इलाम –२ बाट २०५६ सालदेखि निरन्तर रुपमा संसदीय निर्वाचनमा निर्वाचित हुँदै आएका भद्र एवं शालीन स्वभावका सांसद नेम्वाङ वि.सं.२००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । 

२०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद समेत बनेका थिए । इलाम बहुमखी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दा नै उनी २०२८ र २०२९ सालमा त्यही क्याम्पसको स्ववियु सभापति बने पछि उनको राजीतिक यात्रा शुरु भएको थियो । 


२०३३ सालमा राजकाज मुद्धामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टीको ओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य बनेका थिए । 


वि.सं. २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमासमेत सभामुख हुँदै २०७८ सालमा नेकपा एमालेको उपाध्यक्ष बनेका थिए । 
२०६२÷०६३ को जन आन्दोलनपछि निर्माण भएको पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष र सभामुख बनेका बेला नेम्वाङकै कार्यकालमा २०७२ साल असोज २ गते संविधान जारी भएको थियो ।

 

पंचायती निरंकुशताका विरुद्धको आन्दोलनकाक्रममा पटकपटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्दमा समेत परेका नेम्वाङ तुलसी गिरी प्रधानमन्त्री हुँदाको वखतमा राजकाज मुद्धामा सात महिना जेल परेका थिए । 


उनले नेपाल ल क्याम्पसमासमेत अध्यापन गर्ने काम गरेका थिए । त्यस्तै, उनी नेपाल बार एसोसिएसनको महासचिव पनि बनेका थिए । तस्वीरः सामाजिक संजाल

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस