चाँगुनारायणको युवा साकोसले लम्कि स्किन पीडीत किसानलाई राहत दिने  

भक्तपुर । भक्तपुर जिल्लाकै उत्कृष्ठ सहकारी मध्य एक युवा बचत तथा ऋण सहकारीले लम्कि स्किन रोगबाट पीडीत किसानलाई राहत दिने किसानलाई राहत दिने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ मा यसको मुख्य कार्यालय रहेको छ । संस्थाको कार्यक्षेत्र सोही नगरका विभिन्न वडा रहेका छन् ।

युवा साकोसले लम्कि स्किन रोगबाट पशु धनको क्षति भएका आफ्ना सदस्य किसानलाई प्रत्येक घर अनुसार राहत दिने संस्थाका सचिब जयराम बास्तोलाले जानकारी दिएका छन् । बास्तोलाले भने “यदि हाम्रो सदस्यको घरमा पालेका गाई भैसीको सो रोगबाट मृत्यु भएमा ३ हजारप्रति पशुको हिसावले राहात दिन्छौं ।”

एक वर्ष उमेर भन्दा कमका बाच्छा÷बाच्छी वा पाडा÷पाडीको मृत्यु भएमा सहकारीले २ हजार दिने निर्णय गरेको बास्तोलाले बताए ।  

संस्थाका सदस्यले यदि पशु चौपाय खरिद गर्न चाहेमा ५० हजार रुपैयाँ नगद ऋण सुविधा एक वर्षसम्म विना ब्याज दिने छ । त्यसको साबाको किस्ता भने तीन महिनापछिबाट फिर्ता गर्नु पर्ने संस्था नियम बनाएको छ ।

बास्तोलाका अनुसार सदस्यहरुले राहत लिन र निब्र्याजी रकम लिन चाहानेले संस्थाको नियममा रहेर लिन सक्नेछन् । 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस