हिमालय पिस मेकर्सद्धारा राजधानीमा अपराध संहिता बारे अन्तरक्रिया

turahi-news

तुरही न्यूज । ९ भदौ ०७५ । हिमालय पिस मेकर्स(हिमपिस) को योजनामा नयाँ बजारस्थित प्रेरित चर्चमा नयाँ कानूनका विषयमा एक अन्तक्रिया सम्पन्न भएको छ । 
यही भदौदेखि लागू भएको मुलूकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद ९ को दफा १५५ देखि १६० सम्मका प्रावधानमा उल्लेख भएका कानुनी प्रावधानका  विषयमा चर्चका पास्टरअगुवाहरुलाई जानकारी दिने उद्देश्यकासाथ अन्तरक्रिया संचालन गरिएको कुरा हिमपिसका अध्यक्ष साम पौडेलले तुरही न्यूजलाई बताउनु भयो । 
 
अन्तरक्रियाका प्रमुख वक्ता अधिवक्ता तथा गुड् न्यूज एफएम रेडियोका संचालक समितिका अध्यक्ष कैलाशमान साशंकर हुनुहुन्थ्यो । अन्तरक्रिया कार्यक्रममा सहभागी पास्टरअगुवाहरुले नयाँ कानुनले अल्प संख्यक धर्म समुदायलाई पार्न सक्ने प्रभावका वारेमा अधिवक्ता कैलाशमान साशंकरलाई सोध्नु भएको थियो । अधिवक्ता साशंकरले सहभागी पास्टरअगुवाहरले राख्नु भएको जिज्ञासाका वारेमा कानुनमा भएका प्रावधानको वारेमा स्पष्ट पार्नु भएको थियो ।