एनसीएफ यूवा समितिको अध्यक्षमा लाजरस तामाङ

turahi-news

 
तुरही न्यूज । भदौ ०७५ । एनसीएफ नेपाल यूवा समितिको अध्यक्षमा लाजरस तामाङ निर्वाचित भएका छन् । मकवानपुरको हेटौडास्थित यूनाइटेड गोस्पल चर्चमा आयोजित एनसीएफ नेपालको यूवा सम्मेलनले तामाङको अध्यक्षतामा तेह् सदस्यीय यूवा समितिको गठन गरेको छ ।
 
थप चार यूवाहरुसहित गरि क्षेत्रीले २४ यूवाहरुबाट जम्मा ७२ लाख रुपैयाँ ठगेको प्रमाण वाहिर आएको छ । 
 
जसको उपाध्यक्षमा बसन्त राई, सचिवमा सुवास तामाङ,  सह–सचिवमा किशोर बहादुर शाही, कोषाध्यक्षमा चिरमाया तामाङ र सहकोषाध्यक्षमा  सविना परियार हुनुहुन्छ भने प्रदेश प्रमुख तथा केन्द्रीय सदस्यहरुमा क्रमश  प्रदेश नम्बर  १  बाट  कपिल सुनार, प्रदेश नं.२ बाट सुनिल तामाङ प्रदेश नं. ३ बाट ईश्वर पाख्रिन  प्रदेश नं.४ बाट सन्दिप थापा  प्रदेश नं.५ बाट हनोक दास,प्रदेश नं. ६ बाट नन्द बहादुर सिंजाली र प्रदेश नं.७ बाट बाल कुमार बिश्वकर्मा चयन भएका छन् ।
 
सम्मेलनमा एनसीएफ नेपालका अध्यक्ष रेभ सूर्यबहादुर तामाङ लगायत नव नियुक्त महासचिव शेरबहादुर एसीलगायतकाहरुको सहभागीता थियो ।