Flash News

आगामी मंसिर ८ गते राजधानीमा इसाई चलचित्र महोत्सव हुने

turahi-news

कुमारसिंह विष्ट । २१ भदौ, २०७५, ललितपुर । डुलोस मिडिया प्राइभेट लिमिटेडले राजधानीमा एक दिने इसाई चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । 
डुलोस मिडियाले यही बिहीबार राजधानीमा प्रेस मिटको आयोजना गरि आगामी मंसिर ८ गते आयोजना हुन लागेकोे नेपाली इसाई चलचित्र महोत्सव (ख्रीष्टियन फिल्म फेस्टिबल) का बारे आफ्ना धारणा सार्वजनिक गरेको छ ।
डुलोस मिडियाका अध्यक्ष तथा प्रवन्ध निर्देशक रबिन गुरुङले नेपाली इसाई इतिहासमा इसाई चलचित्र महोत्सव पहिलो पटक आयोजना हुन लागेकोमा यो महोत्सव नेपाली इतिहासमा एक ऐतिहासिक सावित हुने कुरामा आफू विश्वस्त भएको दावि गरेका छन् । 
चलचित्रकर्मी रबिन गुरुङले यो चलचित्र महोत्सवले देश तथा विदेशमा भएका सम्पूर्ण नेपालीभाषी फिल्मकर्मीहरुलाई एउटा साझा थलोमा ल्याउन ठूलो सहयोग पुग्ने विश्वास लिएका छन् । उनी कलेजमा फिल्म विषय पनि अध्ययन गर्दै छन् । 
आगामी मंसिर ८ गते आयोजना (प्रदर्शन) हुन लागेको इसाई चलचित्र महोत्सव सफल हुने कुरामा आफू आशावादी भएको कुरा चलचित्रकर्मी रबिन गुरुङले तुरही न्यूजसँगको कुराकानीमा बताए ।
यो चलचित्र महोत्सवमा संसारभरबाट जोकोही नेपालीभाषी सामूहिक वा एकलरुपमा इसाई फिल्म मेकर सहभागी हुन सक्छन् । त्यसका लागि सहभागीले आगामी मंसिर १ गतेसम्म कम्तिमा पनि ३ मिनेटदेखि वढिमा १५ मिनेट समयावधीको एचडी क्वालिटीमा फिल्म निमार्णगरि डुलोस मिडियामा समिट गुर्नपर्नेछ । त्यसरी छनोटमा परेका फिल्महरु मंसिर ८ गते प्रदर्शन गरिने छ । 
महोत्सव मंसिर ८ गते सातदोबाटोस्थित हेप्जिबाको हलमा आयोजना हुने मिति तय भएको छ । 
डुलोस मिडियाको नियम बमोजिम छनोटमा परेका चलचित्रलाई श्रोता, दर्शकहरुबाट पनि भोटिङ मत लिइने जनाइएको छ । चलचित्र महोत्सवमा सहभागी हुनको लागि फारम भर्ने अन्तिम मिति मंसिर १ गते सम्म खुल्ला गरिएको आयोजकले जानकारी गराएको छ ।
फिल्म फेस्टिबलबाटका प्रथम बिजेताले २५ हजार नगद, अर्वाड र प्रमाणपत्र त्यसैगरि दोस्रो हुनेले १५ हजार नगद र तेस्रो हुनेले ५ हजार नगद, अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।