Flash News

पावल क्षेत्रीद्धारा २४ यूवाबाट ७२ लाख ठगि -भिडियोसहित-Follow Up News

turahi-news

तुरही न्यूज । २ असोज ०७५ । ओखलढुंगा स्थायी घर बताउने अन्दाजी ४० वर्षका पावल क्षेत्रीले कैलाली लम्कीका बीसजना यूवाहरुलाई यूरोपका विभिन्न देशमा पठाइदिने भन्दै करिव ६० लाख ठगि गरि फरार भन्ने समाचार तुरहीमा समाचार प्रकाशन भएको एक दिन नबित्दै क्षत्रीबाट ठगिएका थप चार जनाको नाम तुरहीलाई प्राप्त भएको छ ।
 
क्षेत्रीबारे समाचार प्रकाशन भएपछि थप चार व्यक्तिहरु तुरहीको सम्पर्कमा आई हामीहरु पनि क्षेत्रीबाट ठगिएको हौ भन्दै तुरहीलाई जानकारी गराएका हुन् । थप चार जना यूवाहरुलाई पनि त्यही समयमा नै यूरोपमा बैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३÷३ लाख रुपैयाँ ठगेका थिए क्षेत्रीले । बैदेशिक रोजगारीमा यूरोपका विभिन्न देश पठाइदिने भन्दै पावल क्षेत्रीले प्रत्येक व्यक्तिबाट ३÷३ लाख रुपैयाँ असुलेका छन् । 
 
श्रोतका अनुसार विगत एक महिनादेखि तीन जना यूवाहरु पावल क्षेत्रीलाई भेटी पैसा फिर्ता गर्ने उद्देश्यकासाथ न्यू दिल्लीमा नै वसि रहेका छन्  समाचार तयार पार्दासम्म उनीहरुले क्षेत्रीबाट रकम प्राप्त गर्न सकिरहेका छैनन् । ती यूवाहरुलाई क्षेत्रीले भने पूरा रकम फिर्ता गर्ने आशा दिलाएका छन् । 
क्षेत्रीको बैदेशिक रोजगारीको झुठो आश्वासनबाट ठगिनेहरुको नामावली यसप्रकार छ । यी नामहरु क्षेत्रीबाट ठगिएका यूवाहरुबाट तुरहीलाई प्राप्त भएको हो । 
 
बैदेशिक रोजगारीको झुठो आश्वासनबाट ठगिनेहरुको नामावली यसप्रकार छ । यी नामहरु क्षेत्रीबाट गगिएका यूवाहरुबाट तुरहीलाई प्राप्त भएको हो । 
 
१.मनोज जैशी (लम्की,कैलाली) २.जेम्स विक (लम्की,कैलाली)
३.राजु सुनार (लम्की,कैलाली) ४.दिलिप परियार (लम्की,कैलाली)
५.प्रदिप लामा (लम्की,कैलाली) ६.बिमल सुनार (महेन्द्रनगर)
 
७.भावुक देवल (लम्की,कैलाली) ८.सन्जय नेपाली (लम्की,कैलाली)
९.दिपक सापकोटा (बर्दिया)  १०.जनक राना भाट (बर्दिया)
११.केदार अधिकारी (लम्की,कैलाली) १२.जुद्ध रावल (लम्की,कैलाली)
 
१३.महेश कटुवाल (लम्की,कैलाली) १४.हनोकराज भाट (खैरीफाँटा,कैलाली)
१५.मिलन जैशी (लम्की,कैलाली) १६.नबिन ओड (टिकापुर,कैलाली)
१७.अर्जुनकुमार वि.क (लम्की,कैलाली) १८.नवराज कंडेल (काठमाडौं)
 
१९.सुस्मिता बर्जाचार्य (लम्की,कैलाली) २०.चेतराज जोशी (लम्की,कैलाली)
२१.राजकुमार चौधरी (खैरिफाँटा,कैलाली) २२.मिनराज भाट (खैरिफाँटा,कैलाली)
२३.निरज भाट (खैरिफाँटा,कैलाली) २४ हितराज खनाल (लम्की)