Flash News

संविधान दिवसका दिन ख्रीष्टियान महासंघद्धारा राष्ट्रको लागि प्रार्थना

turahi-news

तुरही न्यूज । ०३ असोज २०७५ । संविधान जारी भएको तेस्रो वर्ष पुगेको अर्थात संविधान दिवसको अवसर पारेर राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले राजधानीमा राष्ट्रको लागि प्रार्थना गरेको छ । 
संविधान दिवस असोज तीन गतेका दिन राजरधानीको नेपाल एकाडेमी हलमा महासंघले राष्ट्रको लागि प्रार्थना कार्यक्रम आयोजना गरेको हो । महासंघका उपमहासचिव उद्धव चिमोरियाले कार्यक्रमलार्य संचारन गर्नुभयो । 
महासंघले संविधान दिवसका दिन २०७२ सालमा जारी भएको नेपालको संविधान २०७२ व्यवहारीक लागू होस् भन्ने कामनाका साथ राजधानीका सयौ चर्चका पास्टरअगुवाहरुले संयुक्तरुपमा प्रार्थना गरेका थिए ।
प्रार्थना सभामा महासंघका अध्यक्ष सिवी गहतराजले सरकारसंग बिगतमा भएको छ बुंदे र तीन बुंदे सहमति कार्यान्वयनको लागि सरकारसँग माग गर्नुभयो । 
प्रार्थना सभामा काठमाडौँ उपत्यकाका अधिकांश मण्डलीहरूको सहभागीता थियो । सभामा महासंघका सल्लाहाकार पास्टर सोनाम काबोले बाइबल बाट प्रार्थना सम्वन्धी वचन प्रचार गर्नुभयो भने शिलोआम बाँसवारी चर्चका संगित झुण्डले आराधनामा अगुवाइ गर्नुभयो । 
प्रार्थना सभामा राष्ट्रका विभिन्न विषयमा प्रार्थनाको लागि महासंघका सहअध्यक्ष पास्टर फिलेमोन क्षेत्री, सहअध्यक्ष रिता काबो र सहअध्यक्ष तेजमान तामाङले संयुक्तरुपमा गर्नुभयो ।
महासंघका अध्यक्ष सि.वि. गहतराजले नेपालका सम्पूर्ण मण्डलीहरुले देशको सुशासन,स्थायी शान्ति, विकास तथा उन्नतीको लागि र भदौदेखि लागू भएको नयाँ काननको विषयमा प्रार्थना गर्न सम्पूर्ण मण्डलीलाई आव्हान गर्नु भई बृहत प्रार्थना सभा सपमान भएको थियो ।