Flash News

एनसिएफ नेपालको प्रादेशिक प्रतिनिधि सम्मेलन तथा बार्षिक साधारण सभा सम्पन्न ।

turahi-news

तुरही न्यूज । ५असोज ०७५ । काठमाडौं । एनसीएफ नेपालले प्रदेश नंं.७ मा प्रादेशिक प्रतिनिधि सम्मेलन सम्पन्न गरेको छ । कंचनपुर जिल्लाको पुर्नवास नगरपालिका वडा नं.११ स्थित आशिष् मण्डलीमा एनसीएफ नेपालको प्रादेशिक प्रतिनिधि सम्मेलन सम्पन्न भएको छ । 
 
प्रादेशिक प्रतिनिधि सम्मेलन प्रदेश नं.७ का प्रदेश प्रमुख पास्टर हर्कसिंह तामाङको अध्यक्षतामा एनसीएफ नेपालका केन्द्रीय अध्यक्ष रेभ हनोक तामाङको प्रमुख आतिथ्यमा प्रादेशिक प्रतिनिधि सम्मेलन सम्पन्न भएको समाचार श्रोतले बताएको छ । सम्मेलन यही असोज २ र ३ गते आयोजना भएको थियो ।
 
लगातार दुई दिन सम्म सञ्चलान भएको ७ नं प्रदेश सम्मेलनलाई एनसीइफ नेपालका अध्यक्ष रेभ हनोक तामाङज्यूले एन.सि.एफ.नेपालको ऐतिहासिक पृष्ठभुमि तथा भावी कार्ययोजनाको विषयमा प्रशिक्षण दिनुभएको थियो । 
 
कार्यक्रममा उहाँले प्रभावकारी रुपमा परमेश्वरको वचनको सेवा गर्दे सहभागीहरुलाई आशिषित तुल्याउनु भयो । यस प्रदेशको बार्षिक साधारणसभामा प्रादेशिक बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । यस सम्मेलनमा एन.सि.एफ. नेपालमा आवद्ध भएको प्रदेश ७ का विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरु गरि करिब १५० भन्दा बढि प्रतिनिधिहरुको सहभागीत रहेको थियो । 
 
देशको राजनीति परिवर्तनसँगै एन.सि.एफ. नेपालले पनि आफ्ना कार्यक्रमहरुलाई प्रादेशिक संरचना अनुसार लैजाने निर्णय लिए पछि एनसीएफ नेपालले विगत केही हप्तादेखि निरन्तर रुपमा देशका विभिन्न प्रदेशमा प्रादेशिक प्रतिनिधिहरुको भेला गराउँदै आएको छ । 
यस अघि उसले देशका विभिन्न प्रदेशमा पनि एनसीएफ नेपाल अन्तर्गतका विभिन्न चर्चहरुलाई समेटी प्रादेशिक भेला गर्दै आएको छ ।